नेपालको सम्पदाबारे ओमानको चासो



काठमाडौं ।
खाडी मुलुक ओमानले नेपालको सँस्कृति, धार्मिक सम्पदासहित जनजनको अझ सम्बन्ध निकट बनाउन चासो लिएको छ । सो मुलुकका राजा सायद फतिक विन फहर एल सेदले यस्तो विषयमा चासो लिनु भएको हो ।
ओमान लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले ओमानका राजा सेदसँग शिष्टाचार भेटवार्ता गर्दा त्यहाँको संस्कृति तथा सम्पदा मन्त्रालयका महासचिव समेत रहनुभएका सेदले नेपालसँगको सम्बन्ध निकट बनाउने बताउनुभएको हो ।
सो भेटवार्ताका क्रममा दुवै मुलुक वीचको सम्बन्ध अझ फराकिलो बनाउन सकिने अन्य संभावनाबारे पनि छलफल भएको मस्टकस्थित नेपाली दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्