सुस्तायो घरभित्रको धुवाँमुक्त अभियान



महेश न्यौपाने, रोल्पा ।
सन २०१७ भित्र घरभित्रको धुवाँमुक्त गर्ने अभियान संचालन गरेको रोल्पामा हालसम्म करिव १६ हजार घरधुरीमा मात्र सुधारिएको चुलो जडान गरिएको छ । जिल्लामा रहेका झण्डै ४३ हजार घरधुरी मध्ये गत आषाढ मसान्त सम्म करिव १६ हजार घरधुरीले मात्र सुधारिएको चुलो जडान गरेका छन । तथ्यांक अनुसार अझै २७ हजार घरधुरीमा सुधारिएको चुलो जडान गर्न वाँकी देखिएको छ ।

साविक जिल्ला विकास समितिले जिल्ला परिषदवाट सन् २०१७ भित्र रोल्पालाई घरभित्रको धुँवामुक्त जिल्ला घोषणा गर्ने निर्णय गरको थियो । जिल्ला परिषदले घोषणाका लागि तोकेको समय सिमा नाघेर ८ महिना पार गर्दा समेत अभियानले गति लिन नसके पछि जनगुनासो वढ्न थालेको छ । हाल सम्म लुंग्री र रुन्टीवढी गाउँपालिकाको १÷१ वडा, रोल्पा नगरपालिकाको १ वडा र त्रिवेणी गाउँपालिकाको २ वडा गरि ५ वटा वडामात्र घरभित्रको धुवाँमुक्त वडा घोषणा भएका छन । जिल्लाका आधा दर्जन वढी वडाहरु घोषणाको अन्तिम तयारीमा रहे पनि वाँकी वडामा भने अभियानको वारे जनस्तर तथा स्थानीय सरकारमा समेत चासो नदेखिएको वताइएको छ ।

मानव स्वास्थ्यलाई प्रतिकुल प्रभाव पारिरहेको घरभित्रको धुवाँलाई न्यूनिकरण गर्न सुधारिएको चुलोले मद्दत गरे पनि यसको महत्व लाई नवुझ्दा अभियानले प्राथमिकता पाउन नसकेको वताइएको छ । विगतमा विभिन्न दातृ निकायले सहयोग गरेका कारण अभियानले तिव्रता पाए पनि परियोजना सकिए संगै चुलो निर्माणको उत्साह पनि सेलाएका छन गैर सरकारी संस्था महासंघ रोल्पाका अध्यक्ष कर्ण वाँठामगरले भने । स्थानीय तहहरुले अभियानलाई निरन्तरता दिन सके निकट भविष्यमै जिल्लालाई धुवाँ मुक्त गर्न सकिन्छ अध्यक्ष वाँठाले भने । जिल्ला परिषदले निर्णय गरेर अभियानलाई आफनत्व ग्रहण गरे पनि कार्यान्वयनमा भने तदारुकता देखिएन वाँठाले भने । खुला दिसामुक्त अभियान जस्तै स्थानीय सरकारले यसमा पनि नेतृत्व लिनु पर्ने वाँठाको तर्क छ ।

धुँवाका कारण लाग्ने रोगमा कमी, वन फडानी नियन्त्रण जस्ता प्रत्यक्ष फाईदाका अवाला पर्यावरणमा समेत सहयोग गरिरहेको भए पनि सुधारिएको चुलो स्थानीय सरकार र सरोकारवालाहरुको प्राथमिकतामा सुधारिएको चुलो प्राविधिक दलवहादुर पुनले वताए । परम्परागत चुलोको तुलनामा सुधारिएको चुलोमा ५५ प्रतिशत दाउरा कम लाग्ने भएकाले वन जंगल समेत फडानी न्यूनिकरण हुने पुनको भनाई छ ।
जिल्लामा विभिन्न निकायले तालिम दिएका सुधारिएको चुलो प्रवद्र्धकहरुको संख्या ३०० वढी रहेको वताइएको छ । अभियान संचालन गर्न सके उनीहरुलाई नियमित रोजगारीमा जोड्न सकिने वताइएको छ । जिल्लामा सुधारिएको चुलो जडान गरे वापत चुलो प्रवद्र्धकहरुले १ हजार देखी २ हजार रुपैयाँ सम्म पारिश्रमिक लिईरहेका छन ।

प्रतिक्रिया दिनुहोस्