सांसद भट्टले बोलेको कुराको गतल व्याख्या गरेको भन्दै प्रशासनको ध्यानाकर्षण



विनोद सिंह विष्ट, बैतडी ।
बैतडी क्षेत्र नम्बर “ख” बाट निर्वाचित प्रदेश सांसद लिलाधर भट्टले एउटा अन्तवार्तामा भनेको कुराको गलत व्याख्या गरेको भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले ध्यानाकर्षण भएको जनाएको छ ।
प्रशासन कार्यालयले आज एक सुचना प्रकाशीत गरी स्थानिय रेडियो निगंलासैनीको कार्यक्रम चियोचर्चोमा शहिद दशरथचन्दको बारेमा बोलेको कुराको गलत व्याख्या गरी व्यक्तिगत प्रतिष्ठामा आँच आउने कार्य सामाजीक संञ्जालमा व्यापक रुपमा भएकोले यसमा प्रशासन कार्यालयको ध्यानाकर्षण भएको जनाएको हो ।
साथै यस प्रकारका गतिवीधीको अनुसंन्धान गर्न जिल्ला प्रहरी कार्यालय मार्फत आवश्यक कारवार्ही अगाडी बढाइसकीएको पनि प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैह्रेद्धारा जारी सुचनामा उल्लेख गरीएको छ । अनुसंन्धान कार्यबाट कोही दोषी पाइए कानुन अनुसार कारर्वाही गरिने समेत जिल्ला प्रशाशन कार्यालय बैतडीले जनाएको छ । साथै प्रशासन कार्यालयले यसप्रकारका गतिवीधी कुनैै व्यक्त्ति माथी पनि नर्गन सम्पुर्णमा अनु्रोध गरेको छ ।
साउन २४ गते स्थानिय रेडियो निंगलाशैनीसंगको अन्तवार्तामा बैतडी क्षेत्र नम्बर ख का प्रदेश सांसद भट्टले दशरथचन्दलाई कसै कसैले पिजास बनाएर राखेका छन् भनेर भनेको कुरालाई गलत ब्याख्या गरेको बताईएको छ ।
यसैबिच तत्कालिन नेकपा एमाले निकट युवा संघ र अनेरास्ववियुले सांसद भट्टले बोलेको कुरालाई गलत व्याख्या गरेको भन्दै कार्वाहीको लागी जिल्ला प्रसासन कार्यालयमा निवेदन दिएको थियो ।
उता प्रदेश सांसद लिलाधर भट्टले दशरथचन्दलाई कसै कसैले पिजास बनाएर राखेका छन् भन्ने भनाईप्रति शहीद दशरथचन्द स्मृति प्रतिष्ठानले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्