सांफे मार्तडी सडकखण्ड छेदविच्छेद्



दयाराम पण्डित, बाजुरा ।
एक साता यता परेको अविरल वर्र्षाकाकारण दर्जनौ सडक खण्डमा पहिरो जांदा सांफे मार्तडी सडक खण्ड पूर्णमा छेद्विच्छेद भएको छ । पानीकाकारण वढिमालिका नगरपालिका र बुडिगंगा नगरपालिकाको सिमानामा रहेरको बडिमालिका प्रवेशद्धार सहित हरेडे खोलाको सडक खण्डको नाम निसाना छैन । , ओलेनाको करिव एक सय मिटर माथिवाट पहिरो खस्दा सडक पुरीएको छ , दवारीमा देखि बल्दे सम्म गएको पहिरोले सडक भांसिनुका साथै पहिरोले सडक पुरिएको छ । उता त्रिबेणी नगरपाकिाको पैमा वाट पहिरो खस्दा बुगिंगा नदि थुनिदै गएको छ ।
सदरमुकाम मार्तडी देखि चौराटी खेतको तिन किलोमिटर सडक भासिएको छ । बुडिगंगा नदी थुनिएमा सबै भन्दा बडि असर छिमेकी जिल्ला अछामको सांफेवगर क्षेत्रमा सबैभनदा वढि क्षेती हुनसक्ने ईन्जीनयर प¥यागराज जैशीले बताउनु भयो । बल्दे देखि मार्तडी सम्मकै निर्माण गरेको मोटरवाटोको माटो अत्यन्त कम्जोर छ । माटोपरिक्षण नगरी निर्माण गरिएकोले वर्षदमा जहिले पनि उक्त क्षेत्रमा समस्या आउने ईन्जीनियर जैशले वताउ । नदीले सडकखण्डको जग भासिदा साँफेमार्तडी सडक खण्डको एलाइन्म्यान्ट नै परिवर्तन गर्नुपर्ने सांफेमार्तडी सडक खण्ड आयोजना प्रमुख राजेन्द्रप्रसाद दासले वताउनुभयो ।
सातदेखि निरन्तर वर्षाका कारण विभिन्न ठाउँमा पहिरोजांदा पैदल आवागमन गर्नपनि निकै सास्ती भएको छ । “ छोटो तथा लामो दुरीका यातयात साधानपनि वीच वाटो मै अलपत्र परेकाछन्। यत पहिरो उता पहिरो माथिपनि पहिरोको जोखिम छ कतिवेला बस च्यापिन्छ भन्ने डरलागेको छ ” वसचालक तेज विसष्टले दुंखेसो गर्नुभयो ।

ठाउँठाउँमा सडक अवरुदद्ध हुंदा यात्रुअहरुले निक्कै सास्ती खेप्नु परेको छ । तिपाडा देखि बल्देसम्म चार किलो मिटर सडकमा पैदल वाटोसमेत नहुंदा यात्रुलाई थप सास्ती भएको बल नेपालीले वताउनुभयो । चार किलोमिटर बाटोमा एक झोला बोकाउदा आठ सय रुपिया तिर्नु परेको कर्मचारी केशरी रोकायाले दुःखेसो गर्नुभयो । यायात ठप्पहुंदा सदरमुकाम मातृडीमा दैनिक उपभोग्य सामानको पनि अभाव हुनथालेको उद्योग वाणिज्यसंघ प्रतिनीधि तुलारोकायाले वताउनुभयो ।
त्यसतै नेपाल खाद्ययसंस्थान शाखा कार्यलय मार्तडीमा पनि २५० क्वीन्टल चामल र ५० क्वीन्टल गहंमात्र मौज्दात रहेको शाखा प्रमुख मेखराज ओझाले वताउनुुभयो । तिन सय क्वीन्टल खाद्यन्न गोदाममा मौज्दात राख्नै पर्ने ब्यबस्था छ शाखा प्रमुख ओझाले भन्न्नुभयो । जिल्लामा सरकारले तोकेको ७२ आईटम औषधी छैन तर, सामान्यतया औषधीको अभाव नरहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका निमित्त कायाृलयप्रमुख रामचन्द्र यादवले वताउनुुभयो ।
पत्रकार र सुरक्षा निकायवाट सडक अवस्था बुुझ्न छुट्ट छुट्टै स्थलगत अनुुगमन गरिएको छ। हिजो देखि सडक यायात ठप्पप भएपछि पत्रकार महांसघ बाजुरा शाखाका अध्यक्ष प्रकास सिंहको नेतृत्वमा गएको टोलीले छेदविच्छेद सडकको स्थलगत अनुुगमन गरेको थियो । अनुुगमनका क्रममा सडक पुर्ननिर्माण गर्न सम्वद्ध निकायले तत्काल पहल चाल्नुपर्ने , सडक निर्माण अल्पकालिन रपमा ट्याका ओपनिङ गरी ससाना यायातका साधान आवत जावत गर्न ट्र्याक ओपनिंग गर्नु पर्ने । दीर्घकालिन समस्या समाधान गर्न माथिल्लो राज्यय संयन्त्रले विशेजोड दिनुपर्ने । दैवप्रिकोपमा मानवयि उद्धार गर्न रेक्रसकर्मी, सेना , प्रहरी र नागरिकसमाजले पूर्व योजना वनाउनुपर्ने र बिपतको वेलामा मानवीय सहयोग गर्नु पर्ने सुुझाव प्रमुख जिल्ला अधिकारी चेतराज वरालल मार्फत सम्बद्ध निकायलाई सुुझाव दिएको महांसंघ अध्यक्ष प्रकाश सिंह । त्यस्तै प्रमुख जिल्ला अधिकारी चेतराज वरालको नेतृत्वमा गएको शुरक्षा निकायको टोलीले सडक खण्डको स्थलगत अनुुगमन गरी आज विहान जिल्ला प्रशासन कार्यालय वाजुरामा सर्वपक्षीय बैठक डाकेको थियो । बैठकमा सुुझाव संकलन सहित बजार मा देखिने कृतीम अभाव , हुन नदिन सबैलाई सचेत गराएको छ । त्यस्तै मौसमले साथ दिएकमा एक हप्तामा सामँन्य साना गाडी चल्लने वाटो पुर्ननिर्माण गराउन सांफे मार्तडी सडक आयोजना प्रमुख राजेन्द्र प्रसाद दास संग सहमती भएको प्रमुख जिल्ला अधिकारी वारालले वताउनुुभयो । मार्तडी चिनेचौर करिव १६किलोमिटर वाटोका लागी प्रति ब्यक्ती १५० रुपैंया भाडादर कायम गर्ने र पोरखे दानसांगु सम्म प्रतिव्यक्ती ३०० रुपैया भाडादर कायम गरिएको प्रजिअ बरालले वताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्