अनलाईन सफ्टवेयर मार्फत राजस्व संकलनको सुरुवात



पाल्पा ।
सेवाग्राहीलाई छिटोछरितो रुपमा सेवा प्रदान गर्न नगरमै पहिलो पटक अनलाईन सफ्टवेयर मार्फत राजस्व संकलनको सुरुवात गरिएको छ ।
तानसेन नगरपालिका वडा ९ दमकडामा पहिलो पटक अनलाईन सफ्टवेयर मार्फत राजश्व संकलन गरिएको हो ।
अनलाईन सफ्वेयरको उद्घाटन गर्दै तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले कार्यालयमा आउने सेवाग्रहीहरुका लागि छिटोछरितो रुपमा सेवा प्रदान गर्न अनलाइन सफ्टवेयरको सुरुवात गरिएको बताए ।
नगर प्रमुख शाहीले नगरलाई सुचना प्रविधि युक्त बनाउने लक्ष्य अनुरुप कार्यसम्पादन गर्नमा यो कार्यबाट सहयोग पुग्ने आशा व्यक्त गरेका छन् । कार्यक्रममा सुचना प्रविधि अधिकृत प्रकाश गैरेले प्रविधि मार्फत सम्पति कर, व्यवसाय कर, सरसफाई कर, घटना दर्ता लगायतका नगरपालिकाद्धारा प्रदान गरिने सेवाहरु लिन सकिने जानकारी दिए । सुचना अधिकृत गैरेले नगरपालिकाका अन्य वडा कार्यलयहरुमा सेमत प्रविधिको जडानकार्य अन्तिम चरणमा पुगेको बताए ।
आगामी दिनहरुमा अनलाईन मार्फत घरमै बसेर मोबाईल ल्यापटपको सहायतामा नगरपालिकाद्धारा प्रदान गरिने सेवाहरु तथा करहरु जानकरी तथा भुक्तानी समेत गर्न मिल्ने प्रविधिको समेत व्यवस्थापन गर्ने योजनामा नगरपालिका लागेको नगरप्रमुख शाहीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्