रहेनन् भारतीय पूर्व प्रधानमन्त्री अटल विहारी बाजपेयी



काठमाडौं ।
भारतका पूर्व प्रधानमन्त्री एवं भारतीय जनता पार्र्टीका वरिष्ठ नेता अटल विहारी बाजपेयीको ९३ वर्षको उमेरमा निधन भएको छ । दुइ महिना अघि नयाँ दिल्लीस्थित एम्स अस्पताल भर्ना हुनु भएका अटल विहारी बाजपेयीको उपचारको क्रममा निधन भएको हो । बाजपेयी मृगौला, मूत्र प्रणालीमा संक्रमण, पिसाब कम आउने र छातीमा रगत जम्ने रोगबाट प्रभावित हुनुका साथै बिर्सने रोग डिमेन्सियाबाट पिडीत हुनुहुन्थ्यो । उहाँलाई सन् २००९ मा मस्तिष्काघात भएको थियो । सन् १९२४ मा जन्मिनुभएका बाजपेयी सन् १९९६ मा पहिलो पटक १३ दिनका लागि प्रधानमन्त्री बन्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्