रुकुममा लेखा परिक्षणको कार्य आरम्भ



धनवीर दाहाल, रुकुम ।
रुकुम पुर्व र रुकुम पश्चिममा महालेखा परिक्षकको कार्यालयले लेखा परिक्षण आरम्भ गरेको छ । आर्थिक बर्ष २०७४÷०७५ मा नेपाल सरकारका कार्यालयहरुबाट भएको खर्चको लेखा परिक्षण सुरु गरिएको हो ।

महालेखा परिक्षकको कार्यालय लेखा परिक्षण डोरमुकाम रुकुमले एक औपचारिक कार्यक्रम गरी रुकुम पुर्व र रुकुम पश्चिमका कार्यालय प्रमुख तथा लेखा प्रमुखसँग अन्र्तक्रिया गरेको छ ।
नेपाल सरकारका कार्यालयहरुबाट भएको भएका खर्च को लेखापरिक्षण गर्ने सिलसिलामा पहिलो चरणमा विभिन्न ३१जिल्लाहरुमा खटाएको टोली मध्ये रुकुम पश्चिम र पूर्ब को २ बटा जिल्लागत लेखापरिक्षण टोली २०७५ श्रामण २८ मा रुकुम पुगेको हो ।

सो टोलीले कोष तथा लेखा नियन्त्रण कार्यालय रुकुम पश्चिमको सभाहलमा सो जिल्लाका सबै कार्यालयका कार्यालय प्रमुख र लेखा प्रमुख हरुका बिच यस बर्षको लेखा परिक्षण विधिका बिषयमा स्पष्ट पार्दै रुकुम पश्चिमको यस बर्षको लेखा परिक्षणको प्रबेश बैठक सम्पन्न गरेको छ । यस्तै जिल्लाको लेखा परिक्षण कार्यको थालनी गरेको छ ।

उक्त बैठकलाइ रुकुम पश्चिम प्रमुख जिल्ला अधिकारी शंम्भु रेग्मीले जिल्लाका बिकास कार्यमा भएका खर्च र प्रशासनिक खर्चमा शुद्धताको परिक्षण गरि दिन टोलीलाई निर्धक्क भई कार्य गर्न अनुरोध गर्नुभयो ।

उहाँले आबश्यक पर्ने गरेक काममा प्रशासनबाट सहयोग पुर्याउने प्रतिबद्धता जनाउनुभयो । यस्तै कोष नियन्त्रक ईश्वरी प्रसाद ढकालले सबै कार्यालय प्रमुख तथा लेखा परिक्षकहरुलाई आ आफ्नो कार्यालयहरुको सक्कल स्रेस्ता लेखा परिक्षणको लागि पेश गरिदिन र लेखा परिक्षणको समयमा माग गरिएका काज जात प्रमाण र लेखा परिक्षण अधिकारीहरुले सोधनी भईका पश्नको उत्तरदायी तरिकाले उत्तर दिएर सून्यबेरुजु बनाउने काममा लागिदिनुहुन अपिल गर्नु भएको थियो ।

जिल्लामा २ निर्देशकहरुको नेतृत्वमा ८ जना खटिनु भएको छ । सो टोलिले स्थननिय तहहरुको समेत लेखा परिक्षण को ले नि का रुकुम पश्चिममा लेखा परिक्षण कार्यालय स्थापना गरि कार्य थालनी गरेको छ । उक्त टोलीहरु करिब १ महिना जिल्लामा रहने छ ।

प्रतिक्रिया दिनुहोस्