रमेश र लक्ष्मीलाई उपाधि



एक्सप्लोर इन्टरटेनमेन्टको आयोजनामा राजधानीमा भएको मिस्टर एन्ड मिस फ्रेसर नेपाल–२०१८ मा रमेश डाँगी र लक्ष्मी राउत विजयी भएका छन्।

प्रतियोगितामा मिस्टरतर्फ प्रदीप राई फस्ट र अशेष डंगोल सेकेन्ड रनर्सअप भए भने मिसतर्फ श्वेता यादव फस्ट र कृति महर्जन सेकेन्ड रनर्सअप भए।

प्रतियोगिताको कोरियोग्राफर तथा अभिनेता दिवस धितालले कोरियोग्राफ्री र भिजे तथा उद्घोषक प्रहिल कार्कीले सञ्चालन गरेका थिए। प्रतियोगितामा सञ्चारकर्मी तथा कलाकार सूर्य चन्द, निर्मात्री तथा नायिका रोशनी केसी, समाजसेवी कृष्ण देवकोटा, निर्देशक प्रतिमाया पुन र सञ्चारकर्मी मोडल राजेन्द्र लुइँटेल निर्णायक रहेका थिए।

प्रतिक्रिया दिनुहोस्