मिस नेपाल यूएसएमा २१ को स्पर्धा



अमेरिकामा हुने छटौं संस्करणको मिस नेपाल यूएसए–२०१८ का लागि २१ प्रतियोगी छानिएका छन्।

अमेरिकाको टेक्सास राज्यको डालस शहरमा १९ अगस्टमा आयोजना आयोजना हुने प्रतियोगिताको अन्तिम स्पर्धामा सुकृती ढुंगेल, जया त्रिपाठी, एन्जिला पौडेल, वर्षा बराल, बीएन्का अधिकारी, बिना श्रेष्ठ, दिलाशा न्यौपाने, कृति ढुंगेल, आइशा ओझा, लाक्पा शेर्पा, नेलिया गुरुड, अदीति श्रेष्ठ, पोसा थापा, प्रवेशीका खत्री, प्रियंका तिमिल्सेना, सपना महर्जन, श्रेया नेपाली, सुजना रूपाखेती, सुशाना पोखरेल र स्वीकृति भट्टराईबीच प्रतिस्पर्धा हुनेछ।

प्रत्येक वर्ष आयोजना हुँदै आएको यो प्रतियोगिता सन् २०११ देखि अमेरिकामा शुरू भएको हो। प्रतियोगिता नेपालमा सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको ईप्लानेट प्रालिको सहकार्यमा इभेन्ट प्लानेट इन्कले आयोजना गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्