आफन्तबाटै असुक्षित छन् बालबालिका



कृष्णउदास खनाल
वीरगन्ज । बितेको असार ३१ गते स्थानीय पोखरीमा पर्सा बहुदरमाई नगरपालिका– २ का ६ नाबालक आयोग साहको शव फेला प¥यो । उनको शव फेलापरेपछि छिमेकमा मात्रै नभइ जिल्लाभर नै संत्रास फैलियो,बालबालिका कसरी जोगाउने भनेर ।
नाबालको हत्या गरिएको अवस्थामा शव फेलापरेपछि प्रहरीको निदहराम भयो । प्रहरीले बालक आयोगको हत्याको बिषयमा सुक्ष्म अनुसंधान गर्न थाल्यो । अनुसंधानकै क्रमम केही दिन अगाडि बालकका हजुरबुवा ताराचन्द्र साह र र ठूली आमा रीतादेवी साहलाई प्रहरीले पक्राउ ग¥यो । शंकाका आधारमा पक्राउ परेका यी दुई नै ६ बर्षीय नाबालको हत्यारा साबिक भए ।
घटनाको अनुसन्धान गर्दै जाँदा मृतकको बाजे ताराचन्द र निजकै ठूली आमा रिता देवी मिलेर आयोगको हत्या गरेको पुष्टी भएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्य नारायण थापाले जानकारी दिए । असार ३१ गते बिहान ८ बजे खाना खाएर घरबाट निस्किएका आयोग घरदेखि अन्दाजी ३ सय मिटर उतरतर्फ रहेको बाँसको झाङ नजिकैको पोखरीमा दिउँसो २ बजेतिर मृत भेटिएका थिए ।
प्रहरी स्रोतका अनुसार उनीहरुले पोखरीको उत्तरी किनारमा रहेको खर काँस सहितको बाँसको झाङमा लगी आयोगको घाँटी बटारेर हत्या गरेका थिए । त्यसपछि नजिकैको पोखरीमा लास फालेका थिए ।पर्सा जिल्ला अदालतको साउन २८ गतेको आदेशले साउन ३० गते दुवै जनालाई पुर्पक्षको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पर्सामा ०७४ मंसिर १६ गते शिवजी साहको दाइ सञ्जय साहको १० वर्षीय छोरा सुमित साहको पनि हत्या भएको थियो । घरबाट हराएको ४ दिनपछि सुमितलाई छुरा प्रहार गरी मारेर पोखरीमा फालिएको अवस्थामा शव फेला परेको थियो । उनको हत्यारा प्रहरीले पक्राउ नगरेपछि आफन्ततिरै अनुसंधान सोझिएको एक अनुसंधान अधिकृतले बताए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक थापाले सुमित साहको हत्याको घटनालाई पनि जोडेर अनुसन्धान हुने जानकारी दिए । ०७३ असोज २० गते मृत भेटिएका बहुदरमाई वडा नं. ८ रामनगरी बस्ने विनोद पटेलको छोरा वर्ष ९ को राजन पटेलका पनि अनुसंधान भइरहेको पर्सा प्रहरीले जनाएको छ । पर्सा नभइ मधेश र मुलुकभरकै घटनाक्रम नियाल्दा प्रायः आफन्त वा परिचितबाटै यस्तो अपराधिक घटना हुने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्