अष्ट्रेलियामा पहिलो मुश्लिम महिला सिनेटर नियुक्त



सिडनी,(एजेन्सी)
मेहरिन फारुकी बुधवार अष्ट्रेलियाको सिनेटको पहिलो महिला मुश्लिम सदस्य बनेकी छिन् । अघिल्लो दिन मात्र अष्ट्रेलिया जातिवाद माथिको तितो विवादमा फसेको थियो । पाकिस्तानमा जन्मेकी फारुकीले अष्ट्रेलियाको भविष्य विविधताका लागि बलिायो रहेको वीवीसीलाई बताएकी छिन् ।

न्यु साउथ वेल्सका लागि ग्रिन्स पार्टीका विधायिका फारुकीलाई सिनेटले खाली सिटमा नियुक्त गरेको हो । आप्रवासी विषयमाथि अन्तिम समाधान खोज्ने आव्हान सहित भाषण गरेको कारण अर्का एकजना नयाँ सिनेटर अहिले निकै विवादमा परिरहेका छन् ।

आगामी साता पदिय शपथ ग्रहण गर्न लागेकी फारुकी ति विवादमा मुछिएका सिनेटर फ्राजर एन्निंगका आलोचहरु मध्ये एक हुन् । फारुकीले भनेकी छिन् , ‘ मंगलवार संसदमा आफ्नो पहिलो भाषण दिने क्रममा एन्निंगले जातिवादी र घेणका कुरा गरेर लाखौं अष्ट्रेलियालीहरुको मुखमा थुकेका छन् ।

म पनि एक मुशिलम आप्रवासी हुँ । म सिनेटर बन्न लागेकी छुँ । मलाई उनले केहि पनि गर्न सक्दैन । ’ डाक्टर फारुकी सन् १९९२ मा आफ्नो परिवारसंगै पाकिस्तानबाट अष्ट्रेलियामा बसाइ सरेकी थिइन् ।

राजनीतिको अलावा उनले वातावरणिय इन्जिनियरिंगमा बिद्यावारिधि हासिल गरेकी थिइन् । उनले अष्ट्रेलियाको इतिहासमै पहिलो मुश्लिम महिलाको रुपमा सन् २०१३ मा संसद सदस्यका लागि चुनाव जितेकी थिइन् ।
उनले अष्ट्रेलियाको सकारात्मक भविष्य लागि आफुले सिनेटरको नयाा भुमिका निभाउने कुरा वीवीसीलाई जानकारी गराएकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्