स्विडेनमा रातारात कारहरु जलाईए



स्टकहोम,(एजेन्सी)
स्विडेनका विभिन्न स्थानमा सोमवार रातभरि दर्जनौ कार जालइएको अवस्थामा भेटिएको र यसमा संगठित अपराधिक समुहको हात हुनुपर्ने मंगलवार प्रहरीले जानकाी गराएके छ । स्थानिय समय अनुसार राति करिव एघार बजे देखि थालिएको सो आगजनीमा असीवटा कारमा नराम्ररी क्षति पुगेको तथा यसमा कालो पहिरनमा रहेका युवा समुहहरुको हात रहेको बताइएको छ ।

पश्चिमी शहर गोथेनवर्गमा सबैभन्दा बढि कार जलाइएको भेटिएको छ । तर त्यसको एकसय किमि टाढाका अन्य शहरहरुमा पनि आगजनि भएको छ । राजधान ीस्टकहोममा पनि केहि कार जलाइएको पाइएको छ ।

प्रधानमन्त्री स्टफन लोफभेनले यो कार्य हेर्दा सैनिक अपरेसन जस्तै निकै कुशल र सुनियोजित ढंगले भएको प्रतिक्रिया दिएका छन् । आक्रमणको कारण अझै सम्म खुल्न सकेको छैन । स्विडेनी संचार माध्यमले मुखुन्डो लगाएका युवाहरुले कारका सिसाहरु तोडफोड गरिसकेपछि पेट्रोल छर्केर तिनीहरुमा आगो लगाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्