ट्रम्पले नेपाललाई विगारेर ‘निप्पल‘ भने



वासिङटन (एजेन्सी)
अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले ‘नेपाल‘लाई विगारेर ‘निप्पल‘ उच्चारण गरेको र ‘भुटान‘लाई ‘बटन‘ भनेको पोलिटिकोको एक समाचारमा उल्लेख गरेको छ ।

सन् २०१७ मा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको बैठक अगाडी दक्षिण एसियाको नक्सा अध्ययनका क्रममा ट्रम्पले ‘नेपाल‘ लाई विगारेर ‘निप्पल‘ र हाँस्दै भुटानलाई ‘बटन‘ बोलेको उक्त बैठकका विषयमा जानकारी राख्ने दुई स्रोतले बताएका छन् ।

भारतसँग साझा सीमा रहेका यी दुई देश अस्तित्वमा छन् वा छैनन् भन्ने विषयमा पनि ट्रम्पलाई आसंका थियो । सुत्र भने– उनलाई यो के हो भन्ने थाहा थिएन । उनलाई ती सबै भारतको हिस्सा होला भन्ने लागेको थियो । उनले भुटान र नेपाललाई देखेपछि , यो के हो, भनी सोधेका थिए ।

मोदीसँगको सोही बैठकमा चीन र भारतबीच ‘स्यान्डविच‘का रुपमा रहेका नेपाल र भुटानका विषयमा ट्रम्प अन्यौलमा देखिएका थिए ।

उनलाई यिनीहरु के हुन थाहा थिएन । उनले यी सबै भारतको हिस्सा ठानेका थिए – उक्त बैठकमा निकट रहेका एकजनाले बताए । उनका लागि यी दुई भिन्न देशका विचमा यिनीहरु के हुन्, भन्ने लागेको थियो ।

मोदीको विवाहका लागि विचौलिया
ट्रम्पले आन्तरिक कर्मचारी बैठकमा पनि विश्व मामिला, भुगोल र नेताहरुका विषयमा पटक पटक लापरवाही देखाउने गर्दै आइरहको हो । सन् २०१७ मा भारतिय प्रधानमन्त्री मोदीको ह्वाइट हाउस भ्रमण पुर्व ट्रम्पले उनको राष्ट्रिय सुरक्षा सहयोगीहरुसँग मोदीले उनकी पत्नीलाई साथमा ल्याउँछ, भनी सोधेका थिए । कर्मचारीले मोदी लामो समयदेखि पत्नीसँग अलगिएर एक्लै बस्दै आएको बृत्तान्त सुनाएका थिए । त्यसपछि उनले ठट्टा गर्दै भनेका थिए ‘ ओह, म उनका लागि कोही मिलाउन सक्छु ‘ ।

ट्रम्पले ६७ बर्षिय मोदी लामो समयदेखि आफनी पत्नीसँग अलग रहेको थाहा पाएपछि मोदीको विवाहका लागि विचौलिया बन्न तयार रहेको बताएका थिए ।

गत सेप्टेम्बरको अन्त्यतिर राष्ट्र संघ महासभामा सहभागी बन्न आएका अफ्रिकी राष्ट्रहरुको समुहसँगको बैठकमा उनले नामिबियालाई ‘नाम्बिया‘ बताएका थिए । बैठकमा उनका आफनै केहि सहयोगीलाई प्रभाव पार्न सकेको भएपनि उनले कोटे डी आइभोरी बोलेर अत्यन्त राम्रो काम गरेको एक जना सहभागीले बताए ।

विश्वका नेताहरुसँग अप्ठ्यारो समयमा टेलिफोन गर्ने चाहना देखाउनु अमेरिकी कुटनितिक बृत्तबाट हुने गरेका कामहरु हुन् । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएपछिका यी घटनाहरु बढेर यसअघि समाचारमा नआएका टेलिफोनमै भद्दा ब्यवहार गर्ने, गलत धारणा, गलत उच्चारण र नेताहरुसँगको घण्टौं बैठक गर्ने हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्