अफगानिस्तान: रेडक्रस चिन्तित



कावुल,(एजेन्सी)
तालिवान लडाकु समुहले बुधवार आफुले अफगानिस्तानमा कार्यरत अन्तर्राष्ट्रिय संस्था रेडक्रस( आइसिआसि ) का कर्मचारीहरुलाई सुरक्षित स्थान दिन नसकिने जनाएको छ । लडाकुहरुले तथस्थ मानव अधिकारवासदी समुह बताइने रेडक्रसले राजधानी कावुल स्थित एउटा कारगारमा थुनिएका आफ्ना साथीहरुलाइृ मद्धत गर्न असफल रहेको आरोप लगाएका छन् ।

आइसिआरसिले हिरासतको अवस्था अनगमन गर्ने र कैदीहरुलाई आवश्यक उपचार सहयोग गर्ने गर्दछ । आफ्ना सातजना कर्मचारी मारिए पछि गतवर्षदेखि रेडक्रसले अफगानिस्तानमा आफ्नो उपस्थिती घटाउँदै लगेको छ । रेडक्रसले तालिवानको कदमको कारण आफु चिनितत भएके बताएको छ ।

प्रतिक्रिया दिनुहोस्