उत्कृष्ट गोलकर्ताको सूचीमा रोनाल्डो



लन्डन, (एजेन्सी)
बर्षका उत्कृष्ट गोलकर्ताको सूचीमा क्रिस्टियानो रोनाल्डोको नाम अटाएको छ ।

युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफाले गरेको वर्षका उत्कृष्ट गोलकर्ताको मनोनयनमा रोनाल्डोको गोललाई समावेश गरेको हो । गत सिजन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा रियल मेड्रिडका पूर्व खेलाडी रोनाल्डोले आफ्नो टाउको माथिको बललाई खुट्टाले प्रहार गर्दै गोल गरेका थिए । रोनाल्डोले अहिलेको आफ्नो नयाँ क्लब युभेन्ट्सविरुद्ध उक्त गोल गरेका थिए ।

गत सिजन युइएफएका ११ प्रमुख प्रतिस्पर्धाबाट एउटा गोललाई मनोनयन गर्दै युइएफएले ११ उत्कृष्ट गोलकर्ताको मनोनयन सार्वजनिक गरेको हो ।

युइएफएका प्राविधिक अनुगमनकर्ताले हरेक प्रतिस्पर्धाबाट उत्कृष्ट एउटा गोल छनोट गरेका हुन् । अब यी ११ गोल मध्येबाट समर्थकहरुको मतको आधारमा उत्कृष्ट गोल छनोट हुनेछ । यसका लागि अगष्ट २७ सम्म युइएफएको वेब साइटमा गएर मत दिन सकिनेछ । रोनाल्डोसँगै युइएफएले सबै ११ गोलसहित मत दिनका लागि वेबसाइट मार्फत् आग्रहसमेत गरेको छ ।

मनोनयनमा परेका ११ उत्कृष्ट गोलकर्ता
क्रिस्टियानो रोनाल्डो (युभेन्ट्स ०–३ रियल मेड्रिड)
रिर्काडिन्हो (पोर्चुगल ४–१ रोमानिया)
गोन्सालो रामोस (स्लोभानिया ०–४ पोर्चुगल)
ड्रिमिटी पायेट (मार्सेली ५–२ लिपजिंग)
इभा नाभारो (जर्मनी ०–२ स्पेन)
पाउलो एस्ट्रेला (पोर्टो ५–१ बेसिक्टास)
क्रिस्टियन एरिक्सन (आयरल्याण्ड १–५ डेनमार्क)
एलियट एम्बलेटन (टर्की २–३ इंग्ल्याण्ड)
एलिसेन्ड्रो (स्र्पो्टिङ सिपी २–५ इन्टर एफएस)
ओल्गा कार्मानो (स्विट्जरल्याण्ड ०–२ स्पेन)
लुसी ब्रोन्जे (लियोन ०–१ म्यानचेस्टर सिटी)

प्रतिक्रिया दिनुहोस्