मिष्टर एभरेष्ट बडि विल्डिङ हुने



काठमाण्डौ, (नेस)
यही शनिवार दोस्रो मिष्टर एभरेष्ट नेसनवाइड बडिविल्डिङ च्याम्पियनसी ह्वाइट फिल्ड स्कुल, खुशीबुँ हुने भएको छ ।

नेप्लिज फेडेरेशन अफ बडिविल्डिङ एण्ड फिटनेशको आयोजनमा हुने प्रतियोगितामानेपालभरिबाट १ सय ५० भन्दा बढी खेलाडी सहभागी हुने जानकारी बुधवार आयोजित पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष दिनेश अमात्यले दिए । शुक्रवार प्रि जजिङ राउण्ड संचालन हुने र शनिवार फाइनल चरणको खेल राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा संचालन हुनेछ ।

प्रतियोगितामा मेन्स बडिविल्डिङ र मेन्स फिजिक्स तथा वुमेन्स फिटनेसमा खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा समग्रमा विजेताले नगद ३ लाख रुपैया प्राप्त गर्नेछन् । प्रतियोगितामा विभिन्न समुहका विजेतालाई पनि नगद पुरस्कारको ब्यवस्था गरिएको संघका महासचिव अजय बज्राचार्यले जानकारी दिए ।

अनुमानित ३० लाख रुपैया खर्च हुने सो प्रतियोगितामा सहभागी हुन काठमाण्डौ बाहिरबाट आउने खेलाडीलाई दैनिक भत्ताको पनि ब्यवस्था गरिएको आयोजकले जनाएका छन् । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रतियोगितामा विजेता हुने खेलाडीले स्पेनमा हुने वल्र्ड च्याम्पियनसीपमा पनि सहभागी हुने अवसर प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्