एन्फाको प्रादेशिक संरचनामा जाने निर्णय



कृष्ण आचार्य, चितवन
अखिल नेपाल फुटबल संघ (एन्फा) को १७ औं विशेष साधारणसभाले विधान संशोधनका साथै विभिन्न नियमावली पारित गरेको छ ।

बुधबार चितवनको सौराहामा भएको विशेष साधारणसभाले विधान संशोधन गर्दै एन्फालाई प्रादेशिक संरचनामा जाने निर्णय गरेको हो । यो संगै एन्फाको अब ७ वटै प्रदेशमा कमिटि बन्ने छ । विधान संशोधनको एजेण्डा सर्वसम्मतले पारित भएको एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए ।

देश संघीय संरचनामा गईसकेकोले एन्फालाई पनि सोही अनुरुप लैजान लागिएको एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताए । “संघीयता लागु भईसकेको छ, अब एन्फाको पनि प्रदेश कमिटि बन्ने छ, सोही अनुरुप विधान संशोधन गर्दैछौं”–अध्यक्ष शेर्पाले भने ।

यस्तै एन्फाले विधान संशोधन गर्दै बी र सी डिभिजनमा क्लवहरुको संख्याको बढाउनुको साथै निर्वाचनमा मताधिकार समेत वृद्धि गरेको छ । १२ वटा क्लव रहेको बी डिभिजनमा अब १६ वटा क्लवले सहभागिता जनाउने भएका छन् । यस्तै सी डिभिजनमा पनि ११ वटा क्लवबाट बढाएर १८ वटा क्लब बनाईएको छ । ए डिभिजनमा रहेका १४ वटा क्लवलाई भने यथावत राखिएको छ ।

एन्फामा मताधिकार बढ्यो
विधान संशोधन गर्दै एन्फाले १५ मताधिकार बढाएर ९२ पु¥याएको छ । यसअघि ७७ मताधिकार रहेको थियो । एन्फाले बी डिभिजनबाट २ मताधिकार थप गरेको हो । क्लव संख्या बढाएसंगै बी डिभिजनबाट मताधिकार थप गरिएको हो । यस्तै सी डिभिजनबाट ४ मताधिकार बढाईएको छ ।

७ वटा क्लव थप गरेसंगै ५ बाट मताधिकार बढाएर ९ पु¥याईएको छ । यस्तै मोफसलबाट प्रदेश स्तरीय लिगका शीर्ष ४ टोली र पाँच नयाँ जिल्लाबाट एक÷एक मत गरी १५ मत वृद्धि गरिएको एन्फाका प्रवक्ता राईले जानकारी दिए ।

पाँच जिल्लामा शाखा विस्तार
विधान संशोधन गरेपछि एन्फाले एन्फाले प्रदेश ५ को एक, प्रदेश ६ का दुई र प्रदेश ७ का २ जिल्लामा शाखा थप गरिएको छ । योसँगै एन्फाको जिल्लातिर ५० शाखा स्थापित भएका छन् ।

विशेष साधारणसभाबाट एन्फाले विभिन्न नियमावली समेत पारित गरेको छ । जसमा आर्थिक नियमावली, कर्मचारी नियमावली, एन्फा संचालन नियमवाली, खेलाडी दर्ता नियमावली निर्माण गरिएको छ ।

सौराहास्थित होटेल सेभेन स्टारमा भएको विशेष साधारणसभामा ४५ जिल्ला संघका तीन÷तीन जना, १४ वटा ए डिभिजन क्लवका तीन÷तीन जना, चार संघका तीन÷तीन, पर्यवेक्षक लगायतका गरी करिव ३ सय जनाको सहभागिता रहेको थियो । विशेष साधारणसभालाई प्रदेश ३ का मूख्य मन्त्री डोरमणी पौडेलले समुद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्