प्रभु इन्स्योरेन्स र ॐ हस्पिटल बीच नगदरहित सेवा सम्बन्धी सम्झौता



काठमाडौं ।

प्रभु इन्स्योरेन्स लिमिटेड र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर बिच नगद रहित (क्यासलेस्) सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार प्रभु इन्स्योरेन्सबाट औषधोपचार बीमा गराउने ग्राहकहरुले ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा औषधोपचार गराउँदा साथमा नगद नभएतापनि बीमालेखको सिमासम्म नगद रहित सुविधा प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौता पत्रमा बुधबार प्रभु इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य तथा ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरको तर्फबाट प्रबन्ध निर्देशक
बाबुकाजी कार्कीले हस्ताक्षर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्