मेगा बैंक र लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता



काठमाडौं ।
मेगा बैंक नेपाल लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेशनबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बुधबार मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) का कायम मुकायम प्रमुख कार्यकारी अधिकृत अविजित घोष दस्टीदरले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

उक्त सम्झौता पछि अब ग्राहकहरुले मेगा बैंकका देशभरिका शाखाबाट एलआइसीमा जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् । यो सम्झौताले जीवन बिमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्