अफगान: तालिबान आक्रमण



काबुल (एजेन्सी)
उत्तर अफगानिस्तानमा नजिकका दुई जाँच चौकीमा भएका तालिबान आक्रमणमा कम्तिमा ३० सैनिक र प्रहरीको मृत्यु भएको छ । उत्तरी बागलान प्रान्तको बागलने मरकजीमा मंगलबार राती विद्रोही लडाकुले जाँच चौकीमा आगो लगाएको प्रान्तिय परिषदका प्रमुखले जानकारी दिए ।

तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले हमलाको जिम्मेवारी लिएका छन् । गत शुक्रबार मात्रै गजनीमा तालिबानले आक्रमण गरि ३५ नागरिकको ज्यान लिएका थिए । दक्षिण जाबुल प्रान्तमा बुधबार एक प्रहरी जाँच चौकीमा तालिबान हमलामा ४ जना प्रहरीको मृत्यु भएको सुरक्षा अधिकारीहरुले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्