झुम्रेखोलामा आएको बाढीबाट ठूलो क्षति



प्रकाश पन्त, वीरेन्द्रनगर
मंगलबार रातिदेखि परेको अविरल वर्षापछि जाजरकोटको नलगाड नगरपालिमा पर्ने झुम्रे खोलामा आएको बाढीले ठूलो क्षति गरेको छ ।
बाढीले स्थानीयका ४ घर, ५ वटा घुम्ती पसल, ४ वटा मिल, ६० वटा घट्ट, २ वटा ट्रस व्रिज र सायौं रोपनी खेत बगाएको हो । गएरातीदेखि आएको बाढीले नलगाड–३, घुवाराका जनकबहादुर चन्द, शिवराज रावल, वडा नं ५ का खीमलाल जैसी र वडा नं २ का कौशी विष्टको घर बगाएको छ । बाढीले रावलको केही चौपाया समेत बगाएको छ ।

त्यस्तै बाढीले घुवारास्थित नलगाड ३ र ४ जोड्ने तथा कालीमाटीस्थित वडा नं २ र ५ जोड्ने ट्रस व्रिज पनि बगाएको नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले बताए । झुप्रा खोलाको बाढीले स्थानीय रामबहादुर विक सहित ४ वटा मिल बगाएको छ । खोलामा आएको बाढीले नलगाड ३ को साङट् खेत, २ र ४ को कैनाखेत, सिस्नेरी खेत, बागमारे खेत, सादनमुरा खेत, रानीखेत लगाएत सयौं रोपनी खेत बगाएको छ ।

बाढीले नलगाडमा करोडौंको क्षेती गरेको पनि नगरप्रमुख रावलले उल्लेख गरे । खोलाले पुल बगाएपछि बारेकोट, कालीमाठीबजार, दल्ली लगाएत स्थान तर्फको आवतजावत पुर्णरुपमा बन्द भएको छ । नगरप्रमुख रावलले सर्वसाधारणलाई बाढीले थप क्षेती गर्न सक्ने भएकोले सर्तक रहनु पनि आग्रह गरेका छन ।

यस्तै बाढीले खोला आसपासमा पर्ने कैनदेखि कालीमाटीसम्मका सयौ मुरीका खेतहरु प्नि बनाएको पनि लहँका शिक्षक मदन रावलले जानकारी दिए । उनले गएराति आएको बाढीले अहिले पनि खेतहरू कटान गरिरहेको बताए ।
प्रहरीले अहिले क्षतिको विवरण संकलन गरिरहेकोले कति क्षति भयो भन्नेबारे अझै एकीन भइनसकेको प्रहरी नायव उपरीक्षक रवीन्द्र सिंहले बताए।

बाढीको कारण खोला छेउछाउका बासिन्दा त्रसित बनेका छन । जथाभावी डोजर प्रयोग गरेर बाटो खन्दा बाढी आएको स्थानीयवासीको भनाई छ । बाढी आएको खोलाको सहायक खोला नलगाड ३ स्थित भदाले खोला केही बेरअघि माथिबाट आएको डिस्कोले थुनिएको छ । यदि उक्त स्थान फुटेमा तलतिरको क्षेत्रमा थप क्षति हुन सक्ने स्थानियवासीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्