विप्लवविरुद्ध पक्राउ पुर्जी जारी



काठमाडाैं । साउन–प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटले विप्लवसहित सो पार्टीका सात नेताविरुद्ध मुद्धा दायर गरेको हो । बुधबार जिल्ला अदालत कालिकोटमा विप्लवसहितका नेताविरुद्ध संगठित अपराध तथा विस्फोटक पदार्थ ऐनअन्तर्गत मुद्धा दायर गरेको हो ।

आफ्ना नेता खड्गबहादुर विक प्रकाण्डलाई पक्राउ गरेको विरोधमा सो पार्टीले बिहीबार आह्वान गरेको नेपाल बन्दका क्रममा कालिकोट सदरमुकामा मान्मा र कर्णाली राजमार्गको कालेखोला तथा मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा मुद्धा दायर गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) विनोद शर्माले जानकारी दिए ।

शर्माका अनुसार विप्लवसहित पोलिटब्युरो सदस्य भरतब बम रणवीर, पोलिटब्यूरो सदस्य एटम बिसी, केन्द्रीय सदस्य धीरेन्द्र उपाध्याय जिल्ला ईन्चार्ज लोकजंग शाही तथा नेतृ शान्ति विक छन् ।

अदालतले बुधबारै विप्लवसहितका नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । डिएसपी शर्माले विप्लवलाई जसरी पनि पक्राउ गर्न माथिबाट आदेश आएकाले खोजी तीव्र पारिएको जनाए ।

प्रतिक्रिया दिनुहोस्