बैंकहरुकाे आर्थिक विवरण सार्वजनिक



काठमाडौं । नेपालमा सञ्चलानमा रहेका अधिकांश बैंकहरुले खुद नाफा वृद्धि गरेका छन् । २७ वाणिज्य बैंकहरुले आर्थिक विवरण प्रकाशित गरेका छन् । जसमा चार बैंकले बाहेक अन्य सबैले खुद नाफा बढाएका छन् । सबैभन्दा बढी नाफा गर्नेमा नविल बैंक अगाडी देखिएको छ । त्यस्तै सिभिल बैंक सबैभन्दा कमजोर देखिएको छ । वाणिज्य बैंकहरुले खुद नाफाको आधारमा लाभांश वितरण गर्ने गर्छन् ।

बैंकहरुले स्प्रेड रेट बढाएका कारण नाफा बढाउन सकेका हुन् । बैंकहरुले निक्षेप संकलनभन्दा कर्जाको रेसिओ बढाएका छन् । गत आर्थिक वर्षमा चार बैंकले नाफा घटाएका छन् । प्रभु बैंक, नेपाल बंगलादेश बैंक, माछापुच्छ्रे बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंकले नाफा घटाएका हुन् । यस वर्ष बाँकी २३ बैंकले नाफा बढाउन सफल भए । नेपाल राष्ट्रिय बैंकले भने आर्थिक विवरण पेश गरेको छैन ।

नविल बैंकले ४ अर्ब ५ करोड नाफा गर्न सफल भयो । यो अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतले बढी हो । नाफा वृद्धिको हिसाबमा सिभिल, सेञ्चुरी र जनता बैंकले पनि राम्रो नाफा कमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्