पहिरोमा पुरिएर वेपत्ता सासु बुहारी मृत भेटिए



सिर्जना पन्त, बागलुङ ।
बागलुङको पश्चिम निसीखोला गाउँपालिका–३ मा पहिरोले पुरिएर वेपत्ता भएका सासु बुहारी मृत भेटिएका छन् ।

बुधबार बिहान करिब ६ बजेको समयमा घर माथिदेखि पहिरो झर्दा ६५ वर्षिया धनकुमारी शाही र ३५ वर्षिया बुहारी डल्ली शाही भएको इलाका प्रहरी कार्यलय झिवाखोलाका प्रहरी प्रमुख रिणबहादुर बैद्वारले जानकारी दिनुभयो । घर माथिदेखि झरेको पहिरोले पुरिएर वेपत्ता भएका सासु बुहारीसँगै रहेका ३ वर्षीय बालक दिनेश शाही भने बाँच्न सफल भएका छन् । उनी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेल र जिल्ला प्रहरी कार्यालयका पहरी उपरिक्षक दिपक रेग्मीको टोली उद्दारको लागि घटना स्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रनाउ बालनर सिंह राणाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्