गौरस्थित जुद्ध माविका लेखा सहायक ४५ हजार घुससहित समातिए



नेपाल समाचारपत्र, रौतहट । गौरस्थित जुद्ध उच्च माध्यामिक विद्यालयका लेखा सहायक प्रमोद ठाकुर ४५ हजार घुससहित रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले ठाकुरलाई पक्राउ गरेको हो ।

विद्यालयको भवन निर्माण गरिरहेको निर्माण कम्पनीबाट ठाकुरले पटकपटक घुस लिने गरेको सूचनाका पाएपछि अख्तियारले निगरानी गरेको थियो ।
पक्राउ परेका ठाकुर प्राविका तहका शिक्षक हुन् । तर, हालसालै उनले सहायक लेखाका रुपमा काम गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्