नेपाल फेष्टिवलमा सुरक्षा ब्यवस्थापनमा जापान प्रहरीले सहयोग गर्ने



राजबिन थापा, टोकियो ।

जापानको टोकियोमा हुन लागेको नेपाल फेष्टिवलमा जापान प्रहरीले आवश्यक सहयोग गर्ने भएको छ ।
आगामी अगष्ट २५ र २६ तारिख टोकियोस्थित कोमाजावा पार्कमा हुने नेपाल फेष्टिवलमा जापान प्रहरीले शान्ति सुरक्षामा आवश्यक सहयोग गर्ने भएको हो ।

नेपाली राजदुतावास टोकियो र एनआरएनए जापानको संयुक्त आयोजना हुन लागेको नेपाल फेष्टिवलमा आपराधिक गतिविधि र आपराधिक घटना हुन नदिन सुरक्षा व्यवस्था मिलाएको ग़ैर आवासीय नेपाली संघ ९एनआरएनए०जापानका प्रवक्ता पर्शुराम बस्नेतले जानकारी दिनु भयो ।

हिजो शिन(ओकूबोस्थित एनआरएनए जापानको कार्यालयमा एनआरएनए जापानका पदाधिकारी र जापान प्रहरीविच भएको दुई पक्षीय छलफलमा नेपाल फेष्टिवलमा हुन सक्ने घटनालाई मध्यनजर गरी आवश्यक शान्ति सुरक्षाका लागी जापान प्रहरीले सहयोग गर्ने गरी छलफल भएको प्रवक्ता बस्नेतले बताउनु भयो ।

छलफलको क्रममा सिन्जुकु प्रहरी कार्यालयका अधिकारीहरु र एनआरएनएका अध्यक्ष टाशी वाण्दी लामा,उपाध्यक्षद्वय शिवप्रसाद पौडेल, सरोजकुमार खत्री, महासचिव बुद्धिराज घिमिरे,प्रवक्ता पर्शुराम बस्नेत , सदस्य संगीता अधिकारी लगाएतको सहभागी रहेको थियो । गएका वर्षहरू पनी जापान प्रहरीले फेष्टिवलमा आउट ड्रेसमा निगरानी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्