नुवाकोट बस दुर्घटना अपडेटः २५ जना घाईते, ४ जनाको अवस्था गम्भीर



शालिकराम चालिसे, नुवाकोट ।
नुवाकोटको विदुर नगरपालिका वडा नं ९ लामाटारको देउराली बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन ।

बुङताङबाट अन्दाजी ५०/५५ जना यात्रु बोकी त्रिशुलीतर्फ आउदै गरेको पासाङ लामु यातयातको बा.२ ख.२८०४ नं.को यात्रुबहाक बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।बस सडकदेखी अंन्दाजी ४० मीटर तल खसी दुघर्टना भएको जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी प्रमुख वसन्त कुवरले बताउनुभयो ।

दुर्घटनामा परि ४ जना गभ्भीर घाइते भएका छन गम्भीर घाइते हुनेमा नुवाकोट देउरालीका ६० वर्षिये प्रेमसिङ तामाङ , ६१ वर्षकी चोकनी तामाङ, ५९ वर्षिय ज्ञानबहादुर तामाङ र ३ वर्षका ईसायन रहेको प्रहरी प्रमुख कुवरले बताउनुभयो ।

सामान्य घाइते हुनेहरुमा टिकामाया तामाङ, रिजम तामाङ होमबहादुर तामाङ ,रिता तामाङ र लेसांङ तामाङ रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । अन्य घाइतेहरुको भने नाम थर खुलन नसकेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।

सामान्य घाइतेहरुलाई जिल्ला अस्पताल त्रिशुलीमा उपचा। गरिरहेको छ भने गम्भीर घाइतेलाई काठमाण्डौ लगिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्