उपभोक्ता मञ्च अध्यक्षमा पौडेल



हेटौंडा, (नेस) ।
उपभोक्ता मञ्च नेपाल मकवानपुरको अध्यक्षमा कुमार पौडेल चयन हुनुभएको छ । मञ्चको मंगलबार हेटौंडामा सम्पन्न जिल्ला भेलाले पौडेलको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत् चयन गरेको हो ।

मञ्च उपाध्यक्षमा कपिल अर्याल र कृष्ण अर्याल, सचिव नवराज कोइराला, सहसचिव राजु गौतम, कोषाध्यक्षमा ईश्वरप्रसाद मैनाली रहनुभएको छ । सदस्यहरुमा बिनोद शर्मा, बिमला थिङ, सुधिर दाहाल, यथार्थ रिजाल, सुनिल शिवाकोटी र टेकनाथ शिवकोटी तथा सल्लाहकारमा केशव श्रेष्ठ, सिद्धिलाल श्रेष्ठ र कपिला जोशी रहनुभएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी अश्मान तामाङको प्रमुख आतिथ्यता एवम् अध्यक्ष कपिला जोशीको सभाध्यक्षतामा भएको कार्यक्रममा मञ्चका पूर्वअध्यक्ष सिद्धिलाल श्रेष्ठ, उच्च अदालत बार एसोसिएसन अध्यक्ष युवराज ओली, नेपाल उद्योग वाणिज्य संघ केन्द्रीय सदस्य राजकुमार न्यौपाने, दिनेश उपाध्याय, विनोद लामिछानेलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्