मुख्य न्यायाधीवक्ताको सुविधा पारित



हेटौंडा, (नेस) ।
प्रदेश नम्बर ३ का मुख्य न्यायाधीवक्ताको सुविधासम्बन्धि विधेयक पारित भएको छ । प्रदेशसभा भवन हेटौंडामा बसेको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले ‘मुख्य न्यायाधीवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदनसहित विधेयक प्रस्तुत गर्नुभएको थियो ।

प्रतिवेदनसहित विधेयक निर्णयार्थ पेश गर्दा सर्वसम्मतिले पारित भएको हो । प्रदेश मामिला समिति सभापति माधवप्रसाद पौडेलले समितिको प्रतिवेदन सोमबार बैठकमा प्रस्तुत गर्नुभएको थियो ।

यसअघि प्रदेशसभा बैठकमा विशेष समय लिएर प्रदेशसभा सदस्यहरुले आफ्नो क्षेत्र र प्रदेशको समस्याबारे सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्