पहिरोले ३ घरगोठ पुरिए, १ अझै बेपत्ता



नेपाल समाचारपत्र, प्युठान,

केही दिनदेखिको अबिरल बर्षाको कारण खसेको पहिरोले घर पुरिंदा उत्तरी प्युठानमा एक जना बेपत्ता भएका छन् ।

गौमुखी गाउँपालिका ४ को साविक पुजा गाबिस पातालेखर्क भन्ने स्थानमा खसेको पहिरोले मध्यरात १२ बजे तिर ३ घरगोठ पुरेको प्युठानका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताए ।

स्थानीय देव बहादुर सुनारको घरगोठ र झगे बिकको घर पहिरोले पुरेको हो । पहिरोमा परेर ३५ बर्षिया झगे बिक बेपत्ता भएका हुन् ।सोही पहिरोमा ७ वटा बाख्रा र ४ भैंसी समेत बेपत्ता भएको खबर छ ।

स्थानियका अनुसार अन्य ७ वटा घर समेत पहिरोको उच्च जोखिममा छन।

घटनाको जानकारी पाउना साथ बिहानै जिल्ला प्रहरी कार्यालय प्युठानबाट इन्स्पेक्ट्र सहितको उद्दार टोली घटनास्थल तर्फ पठाइएको प्रजिअ गैरेले जनाए। ।

प्रतिक्रिया दिनुहोस्