वेलायतको संसद भवन बाहिर कार दुर्घटना



लन्डन,(एजेन्सी)
वेलायतको लन्डन स्थित संसद भवन बाहिर मंगलवार एउटा कार दुर्घटना गराउने व्यक्तिलाई आतंककारी गतिविधिको आशंकामा प्रहरीले गिरफतार गरेको सरकारी संचार माध्यमले जनाएको छ ।

यस घटनामा दुईजना व्यक्ति घाइत ेभएक छन् । स्थानिय समय अनुसार बिहान करिव साढे सातबजे सुरक्षाकर्मिहरुले दुर्घटनाग्रस्त कारलाई घेरावन्दि गरी करिव बिस वर्षिय युवकलाई हिरासतमा लिएका थिए ।


लन्डन एम्वुलेन्स सेवाले सो कारले साइकल चालकहरुलाई ठोकाएको र त्यति गम्भीर चोट नलागेका घाइतेलाई अस्पताल लगिएको जानकारी दिएको छ । स्कटल्यान्ड यार्डको प्रति – आतंकवाद इकाईले यस घटनाबारे गम्भीर छानविन गरिरहेको छ ।

एकजना प्रत्यक्षदर्शीले लन्डनको मध्य भागमा चाँदी रंगको एउटा कारले जानीजानी सर्वसाधारणलाई ठोकाएको बताएका छन् । घटनाको लगत्त ैप्रहरीले वेस्टमिनिस्टर ट्व स्टेसनबन्द गर्दै मिलबैंक , पार्लियामेनट स्क्वायर र भिक्टोरिया टावर गार्डेन्स वरपरका सडकहरु आफ्नो नियन्त्रणमा लिएको थियो ।

हाल संसदमा अधिवेशन चलिरहेको छैन । वेलायती प्रधानमन्त्री टेरिजा मेले यस घटनामा घाइते हुनेहरु मािथ सहानुभुति व्यक्त गर्दै तत्कल आपतकालिन सेवा उपलब्ध गराउने उद्धारकार्यमा संलग्न सम्पुर्ण व्यक्तिलाई धन्यावाद ज्ञापन गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्