थाइल्यान्ड: भिक्षु मोटाएर समस्या



बैंकक (एजेन्सी)
बांद्ध भिक्षुहरुको मोटापनाबाट चिन्तित थाइल्यान्ड सरकारले देशभरी चेतावनी जारी गरेको छ । उक्त चेतावनीमा भक्तलाई भिक्षुहरुलाई स्वास्थ्यमा हानी पुर्याउने खालको भोजन नदिन भनेको छ । सरकारको स्वायत्त संस्था भिक्षुहरुको स्वास्थ्य सुधार्ने काममा जुटिसकेको बताइएकोछ । यसका लागि खाद्य तथा पोषणका पोफेसर जोंगजिटलाई खटाइएको छ ।

भिक्षुहरुको स्वास्थ्यमा सुधार ल्याउन शिक्षा र फिजिकल फिटनेसको सहारा लिइनेछ । सर्वेक्षणमा आधा भन्दा धेरै भिक्षुमा मोटापनको समस्या रहेको र ४० प्रतिशतमा कोलेस्ट्रल बढेको पाइएको थियो । २५ प्रतिशतमा उच्च रक्तचाप र १० प्रतिशनमा मधुमेह देखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्