सुटिङ टोलीको बिदाइ



काठमाडौं, (नेस)
इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदअन्तर्गत सुटिङमा सहभागी हुने ६ सदस्यीय नेपाली टोली बुधबार पालेम्वाङ प्रस्थान गर्ने भएको छ । अगष्ट १९ र २० तारिखमा पालेम्वाङमा हुने सुटिङमा एक पुरुष र दुई महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुषमा सुशे चौधरी तथा महिलामा सुस्मिता नेपाल र कल्पना परियार छन् ।

खेलाडीत्रयले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछन् । एसियाडमा एमक्युएस (मिनिमम क्वालिफिकेसन स्कोर) अन्तर्गत ६ सय पूर्णाङ्मा ५ सय ७० अंक प्राप्त गरे ओलम्पिकमा सहभागी हुन ‘वाइल्ड कार्ड’ का लागि अप्लाई गर्न सकिने नेपाल सुटिङ संघले जनाएको छ । १९८२ को नयाँ दिल्लीमा आयोजित एसियाडदेखि सुटिङमा नेपालको सहभागिता लगातार भएको छ ।

प्रतिक्रिया दिनुहोस्