नेपाल जापानसँग पराजित



काठमाडौं, (नेस)
भाद्र २ गतेदेखि शुरु हुन अगावै १८औं एशियाली खेलकुदअन्तर्गत आयोजित पुरुष फुटबलतर्फ नेपालको खराब शुरुवात भएको छ ।

इन्डोनेसियाको सिकाराङस्थित विबावा मुक्ति रंगशालामा मंगलबार भएको खेलमा नेपालको यु २३ राष्ट्रिय फुटबल टोली जापानको युवा टोलीसँग १–० गोलअन्तरले पराजित भयो । समूह डी मा भएको खेलमा नेपालले शुरुवातमै गोल बेहोरेको थियो । सातौं मिनेटमा मिटोमा काउरुले गोल गरेपछि नेपाली टोली १–० ले पछि परेको थियो । यसपछि बाँकी समयमा गोल फर्काउन नसक्दा नेपालले हार आत्मसात गर्नुपरेको थियो ।

एसियाली खेलकुदकै लागि नेपालले यसअघि थाइल्यान्डमा दुई अभ्यास खेल खेलेको थियो । तर दुबै खेलमा नेपाल पराजित भएको थियो । नेपालको समूहमा जापानसहित भियतनाम, पाकिस्तान रहेका छन् । नेपालले बिहीबार भियतनामसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्