विद्युत् चुहावटमा प्राधिकरणको छलाङ, सय करोडभन्दा बढी नाफा



File Photos: THT

नेपाल समाचारपत्र, काठमाडौं
नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावटलाई २० प्रतिशतमा सीमित गर्दै आर्थिक वर्ष २०७४÷७५ मा पनि खुद नाफा १ अर्ब १ करोड रुपियाँ खुद नाफा गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार अन्तिम लेखा परीक्षण सम्पन्न भएपछि वार्षिक खुद नाफा अझै बढ्न सक्ने छ । गत आवमा प्राधिकरणको सञ्चालन नाफा ७ अर्ब ८६ करोड रुपियाँको हाराहारीमा भएको थियो ।
प्राधिकरणले गत आवमा प्रणालीमा रहेको २२ दशमलव ९० प्रतिशत विद्युत् चुहावटलाई २० दशमलव ५० प्रतिशतमा झार्ने लक्ष्य राखेको थियो । गत आवमा विद्युत चुहावट २० दशमलव ४५ प्रतिशतमा सीमित भएको छ, जुन प्राधिकरणको इतिहासमा सबैभन्दा कम चुहावट हो ।

चुहावट नियन्त्रणबाट प्राधिकरणलाई झण्डै ४ अर्ब रुपियाँ थप आम्दानी भएको छ । चुहावट नियन्त्रण भारतबाट आयात र निजी क्षेत्रका उत्पादकसँगको विद्युत्को औसत खरिद दरमा आएको कमी, मर्मत तथा प्रशासनिक खर्चमा गरिएको नियन्त्रण, लोडसेडिङ अन्त्य, वित्तीय पुनःसंरचनाको प्रभावकारी कार्यान्वयलगायतबाट प्राधिकरण खुद नाफामा जान सफल भएको घिसिङको दाबी छ ।

प्राधिकरणको सञ्चित नोक्सानी अझै २८ अर्ब १२ करोड रुपियाँ रहेको छ ।
‘प्राधिकरणको गत आवको वार्षिक बजेटमा खुद नोक्सानी करिब २ अर्ब ५० करोड रुपियाँ हुने प्रक्षेपण गरेको थियौं । तर, प्रशासनिक र वित्तीय सुधारका लागि चालिएका कदमबाट संस्थालाई नाफामा लैजान सफल भएका छौं,’ कार्यकारी निर्देशक घिसिङले भन्नुभयो–‘मैले जिम्मेवारी सम्हाल्दा संस्था ८ अर्ब ८९ करोड रुपियाँ वार्षिक घाटामा थियो, सबैको निरन्तर सहयोगबाट गत वर्ष पनि संस्था नाफामा गएको हो, यद्यपि, हामीले सोचेजति सफलता हासिल गर्न भने अझै सकिरहेको अवस्था छैन ।’

प्राधिकरणले निर्माण गरिरहेको १४ मेगावाटको कुलेखानी तेस्रो, ६० मेगावाटको माथिल्लो त्रिशँली–३‘ए’ र सहायक कम्पनीमार्फत निर्माण भइरहेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले चालँ आवभित्रै विद्युत् उत्पादन थाल्ने भएकाले प्राधिकरणको आम्दानी झनै बढ्ने घिसिङको भनाइ छ । ‘ती आयोजना आएपछि हामीले सहायक कम्पनीमार्फत निर्माण गर्ने जलविद्युत् आयोजनामा लगानीका लागि सरकारमाथि भर पर्नु पर्दैन प्राधिकरण आफैंले लगानी गर्न सक्छ,’ घिसिङले बताउनुभयो ।

प्राधिकरणले आव २०७३÷७४ मा विद्युत् बिक्री र ब्याज लगायतबाट ५१ अर्ब ७० करोड रुपियाँ आम्दानी गरेकोमा आव २०७४÷७५ मा यसलाई बढाएर ६० अर्ब ४८ करोड रुपियाँ पु¥याएको छ ।

आव २०७४÷७५ को विद्युत् औसत आयात दर ७ रुपियाँ ४७ पैसा रहेको छ । प्राधिकरणको उपभोक्ता औसत महशुल दर प्रतियुनिट १० रुपियाँ ४ पैसा छ । गत आवमा २ अर्ब ५८ करोड युनिट विद्युत् आयात भएको थियो । आव २०७३÷७४ मा २ अर्ब १७ करोड युनिट आयात गरिएको थियो ।

‘भारतबाट आयात हुनेमध्ये करिब ७० प्रतिशत हिउँदको विद्युत् माग व्यवस्थापनका लागि आपँर्ति हुन्छ, जसको खरिद दर हामीले नेपालका निजी ऊर्जा उत्पादकलाई हिउँदका लागि दिंँदै आएको प्रतियुनिट ८ रुपियाँ ४० पैसाभन्दा कम छ,’ कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।

जलवायु परिवर्तनका कारण गत आवमा खोला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रको स्वामित्वमा रहेका विद्युत् गृहबाट गत वर्ष करिब २० प्रतिशत उत्पादन घट्दासमेत विद्युत आपँर्ति भने बढेको छ ।

३० मेगावाटको चमेलिया जलविद्युत आयोजना सञ्चालनमा आएका कारण विद्युत आपँर्ति बढेको हो । गत आवमा ७० मेगावाटको मध्यमस्र्याङ्दी विद्युत् गृह मर्मतसम्भारकालागि पाँच दिन र आवको अन्त्यतिर कुलेखानी दोस्रोको एउटा युनिट (१६ मेगावाट)मा समस्या आउँदा उत्पादन बन्द भएको थियो । त्यस्तै त्रिशँलीको विद्युत गृहमा आगो लाग्दा सो केन्द्र र देवीघाटबाट विद्युत् उत्पादन करिब २० दिन बन्द भएको थियो ।

प्रतिक्रिया दिनुहोस्