इटाली: पुल खस्यो



रोम,(एजेन्सी)
उत्तर पश्चिमी इटाली शहर जिनोवामा मंगलवार मोटरबाकेको एउटा पुल भाँच्चिदा कम्तिमा बाइसजना मानिसको ज्यान गएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

दुर्घटनाकोबेला गुडिरहेका सवारी साधन नब्बे मिटर तल जमिनमा खसेका थिए । इटालियन यातायात मन्त्री ड्यानिलो टोनिनेल्लीले यो निकै दुखद घटना भएको बताएका छन् । प्रहरीले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरेको छ । भिडिायो फुटेजमा खराव मौसमको समय झोलुँगे पुुलको एउटा टावर अचानक ढलेको देखिन्छ । फ्रान्सका राष्टज्ञपति इमान्युयल म्याक्रोनले यस घटना प्रति गहिारे दुख प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्