अन्तर्रा्ष्ट्रिय करातेमा नेपालको सहभागिता



काठमाडौं, (नेस)
भारतमा हुने अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपाली खेलाडीले भाग लिने भएका छन् । सो प्रतियोगितामा भाग लिने खेलाडीको टोली भारत प्रस्थान गरेको छ । भारतको कर्नाटक राज्यको सिभागोमा जिल्लाको नेहरु इन्डोर स्टेडियममा भदौं १ देखि ३ गतेसम्म हुन गइरहेको प्रतियोगितामा २० जना खेलाडीले सहभागीता जनाउने भएका हुन् ।

तोयाकान नेपाल बादोरिया कराँते डो संघको संयोजनमा संघका वरिष्ठ तथा प्रमुख प्रशिक्षक अरुणकुमार कार्कीको नेतृत्वमा प्रतिनिधिमण्डल सोमबार प्रस्थान गरेको थियो । सो प्रतियोगितामा अमेरिका, भारत, नेपाल, बंगालादेश, मलेसियासहितका विभिन्न राष्ट्रका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।

२० जना खेलाडी र ४ जना अफिसियल रेफ्रीहरु अजय भक्त श्रेष्ठ, मनिस तामाङ, केशर सुब्बा र रञ्जन सापकोटालाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी विदाई गरिएको थियो ।

सो बिदाई कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. ६ का वडाअध्यक्ष रमेश अर्याल, वडा नं. ८ का वडाअध्यक्ष मनोज ढुंगाना, तोयाकान नेपाल बादोरिया कराँते डो संघका अध्यक्ष सञ्जय लामा, प्रतिनिधिमण्डलका सहभागी रेफ्री मनिष तामाङ लगायतले प्रतियोगितामा सहभागीता जनाउने खेलाडीलाई खेल सफलताका लागि कामना गरे ।

प्रतिक्रिया दिनुहोस्