प्रकोपबाट विस्थापित हुने ४ सय पुगे



नेपाल समाचारपत्र, नुवाकोट
नुवाकोटमा भूप्रकोपबाट बिस्थापित भएका परिवारको संख्या ३ सय ७७ रहेको आत्मनिर्भर केन्द्र नुवाकोटले जनाएको छ ।

आत्मनिर्भर केन्द्रकोे आयोजना र युके एडको सहकार्यमा सोमबार भएको भूप्रकोपका कारण बिस्थापित भएका वा जोखिममा परेका घरधुरीका लागी दिगो समाधानका सहजीकरण परियोजना अन्तर्गत सरोकारवालासँग छलफल कार्यक्रममा केन्द्रले बिस्थापित भएका ३ सय ७७ परिवार मध्ये १ सय ९० परिवारले घडेरी प्राप्त गरेको जनाएको छ ।

केन्द्रले जनाए अनुसार ११ परिवारले अरुको जग्गामा घर निर्माण गरेको, ५७ परिवारले सुरक्षित घडेरी भएर आफ्नै जग्गामा घर बनाएको, ६४ परिवारले पुरानो जोखिम स्थानमा घर निर्माण गरेर बसेको, १६ परिवारले भूकम्प पछि आफैले घडेरी किनेर घर बनाएर बसेको र ३९ परिवारले घडेरी खरिद गर्न बाँकी नै रहेको आत्मनिर्भर केन्द्रका कार्यक्रम संयोजक बिश्वास नेपालीले प्रस्तुत गरेको प्र्रतिबेदनामा उल्लेख गरिएको छ ।

कार्यक्रममा जिल्ला समन्वयन समिती नुवाकोटका प्रमुख सन्तमान तामाङले भूप्रकोपबाट बिस्थापित भएका परिवारको लागी राष्ट्रिय पुननिर्माण प्राधिकरणले गरेको कार्य प्रति असन्तुष्ट रहेको धारणा ब्यक्त गर्नुभयो । सरकार परिबर्तन भएसँगै राष्ट्रिय पुननिर्माण प्राधिकरणको प्रमुख पनि परिबर्तन हुने प्रबृतीका कारण भूप्रकोपकाट बिस्थापित परिबारको लागी राज्यले स्थिर निति नियम निर्माण गरी कार्यान्वायन गर्न नसकेको जिल्ला समन्वयन समिती नुवाकोटका प्रमुख तामाङले बताए ।

तामाङले केन्द्रबाट भूगर्बबिद्हरु जिल्लामा पहिरो जोखिमको अबलोकन गर्न आएपनि जोखिमपूणै बस्तीको पहिचान गर्न नसकेको र कृषी उपज फाँट केन्द्रित स्थानमा बिस्थापितहरुलाई पुर्नबास बसाउन पहल गर्नाले जिल्लामा कृषीजन्य सामाग्रीको उत्पादन घट्दै जाने र खाद्यान्न संकटको स्थिती आउने सम्भाबना रहेको भन्दै चिन्ता ब्यक्त गरे ।

कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धबबहादुर थापाले भूप्रकोपका कारण बिस्थापित परिबारको पहिचान गरी सरकारको कार्यबिधि र पुननिर्माण प्राधिकरणको निर्देशन अनुसार कार्य गर्नु आबश्यक रहेको बताउनुभयो । भूमीहिन र भूकम्पबाट क्षति भएको घर परिबारलाई प्राथमिकताका साथ सुरक्षित स्थानमा समयमा नै स्थानान्तरण गर्नुपर्ने भन्दै नुवाकोटका प्रमुख जिल्ला अधिकारी थापाले सरकारको एक्लो प्रयासले मात्र सम्भब नहुने र भूमिहिन नागरिकको लागी स्थानीय क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाको पनि उतिकै सहयोग आबश्यक रहेको बताए ।

कार्यक्रममा बिदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले पहिलो चरणमा सरकारले भूप्रकोप नागरिकका लागी बनाएको कानुनमा आफुहरु नै अन्यौलमा परेको बताए । मेयर पण्डितले निती नियममा नै अस्पष्टता रहेको भन्दै भूमीहिनहरु बास्तब मै गरिब रहेकोले उनीहरुको सुरक्षित बस्तीको लागी बाताबरण सिर्जना गर्नु आबश्यक रहेको बताउनुभएको छ । उहाँले भूप्रकोपबाट बिस्थापित परिबारको लागी जिल्लामा काम गर्न आएको संघसंस्थाले नुवाकोटका ग्रामीण भेगका जनप्रतिनिध समक्ष समन्वय गरी उनीहरुले प्राप्त गर्ने अधिकार बारे जानकारी गराउन सुझाब दिनुभएको छ ।

कार्यक्रममा जिल्ला समन्वयन अधिकारी सच्युतराज उप्रेती, जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत नन्दलाल शर्मा, अनुदान ब्यबस्थापन तथा स्थानिय पुर्बाधार शाखा नुवाकोटका निमित्त आयोजना प्रमुख उशेस श्रेष्ठ, जिल्लामा रहेका सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एबं प्रतिनिधी लगायत अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्