बन्दको प्रभाव न्युन



काठमाडौं (नेस) । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको नेपाल बन्दको सामान्य प्रभाव परेको छ । पार्टीका प्रवक्ता खड्ग वहादुर विश्वकर्मा (प्रकाण्ड) सहित अन्य केन्द्रिय नेताहरुको रिहाईको माग गर्दै मंगलबार नेपाल बन्द आव्हान गरिएको थियो ।

राजधानी लगायत देशको विभिन्न भागमा आगजनी, बम विष्फोट लगायत आतंक मच्चाउने घटनाले आम जनजीवन त्रसित भएपनि बन्दको अवज्ञा भएको छ । बन्दको आव्हानका साथ राजधानी लगायत विभिन्न ठाउमा बम लगायत शंकास्पद बस्तु राखेर जनजीवनलाई त्रसित बनाइएको थियो । कतिपय जिल्लामा आन्दोलनकारीहरुले स्कुल बस तथा सार्वजनिक बसमा आगजनी समेत गरेका थिए । बन्दको कारण अधिकाशं शैक्षिक संस्था बन्द गरिएको कारण विद्यार्थीहरु प्रभावित भएका छन् ।

काठमाडौं, भक्तपुर, ललितपुर लगायत उपत्यका बाहिरका जिल्लाहरुमा फेला परेका बम तथा शंकास्पद बस्तुहरुलाई सुरक्षाकर्मीहरुले निष्कृय परेका थिए । बन्दको दिन सुरक्षा व्यवस्था मजवुत बनाउन काठमाडौंमा दुईहजार भन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले बताउनु भएको छ ।

अज्ञात व्यक्तिहरुले नैकाप सुन्दरीजलमा भेटिएको बमलाई सेनाले डिस्पोज गरेको थियो । कतिपय ठाउमा बम भन्दै शंकास्पद बस्तुमात्र राखिएको थियो । भक्तपुरको सूर्य्विनायक, आदर्श चोक र लोकन्थलीमा राखिएका प्रेसर कुकर बम सेनाले निस्कृय पारिएको थियो । अज्ञात समूहले ललितपुुरको ग्वार्को, थसिखेल र बटुकभैरवमा फोहोरको थुप्रोमा राखिएका शंकास्पद बस्तु सुरक्षाकर्मीले निस्कृय पारेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पनि बम विष्फोट गराइएको थियो ।

बन्दको आव्हान गर्दै हिडेको अवस्थामा काठमाडौं प्रहरीले नेकपाका २ जना कार्यकर्ता जमलबाट बम सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा नेत्रविक्रम चन्द निकट अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य उषा किरण आजाद र काठमाडौं जिल्ला सचिव तारा सञ्ज्याल रावल रहेको बताइएको छ ।

स्कुल कलेज बन्दका कारण उपत्यकामा सवारी साधानको चाप भने तुलनात्मक रुपमा मंगलबार केही कम सञ्चालन भएको देखिन्थ्यो । उपत्यका बाहिर लामो दुरीमा चल्ने सवारी साधानको संख्यामा पनि कमी आएको थियो । मकवानपुरको टिष्टुङमा एक स्कुल बसमा आगजनी भएको थियो । भन्सार छुटाएर काठमाडौँ ल्याउदै गरिएको स्कुल बसमा आगजनी भएको प्रहरीले जनाएको छ ।

नवलपरासीको गैंडाकोटमा दुईवटा ट्रकमा मंगलबार बिहानै आगजनी गरिएको छ । कपिलबस्तुको चनौटाबाट पराल बोकेर हेटौंडातर्फ जाने क्रममा भृकुटीचोकमा रोकिएका दुईवटा ट्रकमा आगजनी गरिएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।

नुवाकोटबाट काठमाडौ आउने छहरे–टोखा सडक खण्डमा अज्ञात समुहले तीन वटा ट्रिपरमा आगजनी गरेको छ । शिवपुरी गाउँपालिका ८ स्थित बोहरे खोलाबाट वालुवा बोकी काठमाडौ तर्फ जादै गरेको ट्रिपरमा मंगलबार विहानै आगजनी गरिएको बताइएको छ । नेपाल पत्रकार महासंघ झापाको कार्यालय नजिक बम बिष्फोट भएको थियो । पूर्वी रोल्पाको व्यापारिक केन्द्र सुलिचौर वजार नजिक वम विस्फोट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्