एनसेलसँग कर असुली गरेरै छाड्छौँ: अर्थमन्त्री



अर्थमन्त्री डा.युवराज खतिवडाले एनसेल प्राइभेट लिमिटेडसँग कर उठाएरै छाड्ने बताउनुभएको छ ।

प्रतिनिधीसभाअन्तर्गतको अर्थ समितिको मंगलबारको बैठकमा उहाँले निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटेडको सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डीडीए) गरी ६१ अर्ब रुपैयाँ कर उठाएरै छाड्नै दावी गर्नुभएको हो ।

अर्थमन्त्री खतिवडाले एनसेलले विदेश लैजाने लाभांश नरोक्न सर्वोच्च अदालतबाट आदेश आएकाले अघिल्लो सरकारले बाटो खोलिदिएको बताउँदै आयकर ऐन र मूल्य अभिवृद्धि कर ऐनको कार्यान्वयनपछि स्वयं घोषणामा आधारित कर प्रणाली कार्यान्वयनमा रहेकाले कर फछ्यौट आयोग बनाउनुपर्ने आवश्यकता नै नरहेको र्क गर्नुभयो ।

सोही बैठकमा पूर्व अर्थमन्त्री समेत रहेका काँग्रेस साँसद ज्ञानेन्द्रबहादुर कार्कीले देशमा कर आतङ्क बढेको आरोप लगाउनुभयो ।

नेकपाका सांसद महेश बस्नेतले अर्थ परिचालन र विकास निर्माणमा भइरहेको ढिलाबारे मन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।
नेकपाका अर्का सांसद घनश्याम भुसालले स्थानीय तहमा भएको करआतङ्कबारे सरकारले धारणा स्पष्ट पार्न सुझाव दिनुभयो । अर्का सांसद रामबाबु यादवले जन्मदर्ता र मृत्यु दर्तामा १–१ हजार रुपैयाँ शुल्क लिइएकोमा विरोध जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्