मर्सी एजुकेशनले दियो विजयलाई ‘आईफोन एक्स’, ४ जनाले पाए ‘ट्याव’



काठमाडौँ ।
मर्सी एजुकेशन कन्सलटेन्सीले फुटवल वल्र्डकप २०१८ मा सही अनुमान मिलाउने ५ जना भाग्यशाली विजेताहरुलाई उपहार प्रदान गरेको छ ।
मंगलबार राजधानीमा एक कार्यक्रममार्फत प्रतियोगिताका ६४ वटा खेलमध्ये ४० खेलमा सही अनुमान गरी ‘ग्रान्ड प्राइज’ विजेता विजय खत्रीलाई नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष विष्णुहरि पाण्डेले आईफोन एक्स प्रदान गरे ।
कार्यक्रममा खत्रीसँगै अन्य ४ जना भाग्यशाली विजेतालाई ट्याव उपहार प्राप्त गरिएको मर्सी एजुकेशन कन्सलटेन्सीका अध्यक्ष राम टण्डनले जानकारी दिए । प्रतियोगितामा ६ हजारभन्दा बढी प्रतिष्पर्धी सहभागी थिए ।
प्रतियोगितामा सहभागी भइ सही अनुमान लगाउँदै गोल्डेन ग्लोव प्रेडिक्सन अन्तर्गत सरोज कार्कीले ट्याब उपहार पाए । त्यस्तै, गोल्डेन बुटको सही अनुमान गरेर रस्मित पोखरेल, प्रतियोगितामा बेस्ट प्लेयरको सही अनुमान गरेर आशिष श्रेष्ठले र वल्र्ड कप विजेताको सही अनुमान गरेर आश्विन अधिकारीले एक–एक वटा ट्याब उपहार प्राप्त गरेका छन् ।
प्रतियोगिताभर हरेक दिनका खेलमा सही अनुमान लगाउने एक जना भाग्यशाली विजेतालाई प्रत्येक दिन विभिन्न उपहार तथा रिचार्ज कार्डहरु प्रदान गरिएको थियो ।
गत १८ जुन २०१८ देखि १५ जुलाई २०१८ तारिखसम्म रसियामा आयोजित ‘विश्वकप फुटवल २०१८’ प्रतियोगिता भर कम्पनीको फेसबुक पेजमार्फत ‘प्रेडिक्ट एण्ड विन’ कार्यक्रम सञ्चालन गरेको थियो ।
मर्सी एजुकेशन प्रालिले विगत लामो समयदेखि वैदेशिक शिक्षा परामर्शको क्षेत्रमा करिअर काउन्सिलिङ गर्दै आएको यहाँहरुलाई विधितै छ । विषेश गरी अष्ट्रेलिया, अमेरिका, न्यूजिल्याण्ड, जापान, क्यानडा, युरोप, भारतलगायतका मुलुकहरुमा उच्च शिक्षाका लागि अध्ययन गर्न जान चाहने विद्यार्थीलाई लक्षित गरी कम्पनीले सेवा प्रदान गर्दैै आएको छ । त्यस्तै, आईईएलटीएस, टफेल र पीटीईका भाषा तयारी कक्षा समेत सञ्चालन गर्दै आएको छ ।
मर्सी एजुकेशन प्रालि सन् २००३ मा स्थापना भइ हालसम्म निरन्तर रुपमा एजुकेशन कन्सलटेन्सी व्यवसायमा सक्रिय रहँदै आएको कम्पनी हो । कम्पनीको प्रधान कार्यालय महाराजगञ्जमा छ । त्यस्तै, अन्य कार्यालयहरु पुलतीसडकस्थित स्टार मलको दोस्रो तलामा र नयाँबानेश्वरको बानेश्वर प्लाजामा सञ्चालित छन् । राजधानी बाहिर बुटवलमा समेत सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्