जिल्ला स्तरीय मतदाता अधिकार मञ्च गठन



बिष्णु तिमिल्सिना, बर्दिया ।
बर्दिया जिल्लामा मतदाता शिक्षा तथा नागरिकता शिक्षा प्रबर्धन र अनुगमनका लागि नागरिक स्तरको जिल्ला स्तरीय मतदाता अधिकार मञ्च गठन गरिएको छ । गैरसरकारी संस्था तथा सञ्चारकर्मीहरुको गुलरियामा भएको भेलाले गैरसरकारी संस्था महाँसघका अध्यक्ष बिष्णु प्रसाद तिमिल्सिनाको संयोजकत्वमा १५ सदस्सीय मञ्च गठन भएको हो ।
सो मञ्चमा सदस्य पदमा राजेन्द्र प्रसाद धिताल(नेपाल पत्रकार महासंघ) खडानन्द तिवारी( बर्दिया बार ईकाई), जनकराम चौधरी(फोनिज) सपना चौधरी (सुन्दर नेपाल), लक्ष्मि नेपाल(सामुदायिक सारठी), निर्मला पौडेल (शक्ति समुह) एमनाथ घिमिरि(पिसिएन), निर्मल चौधरी( आरकेजेएस) धनेश कुमार यादब (समाजसेबी), हिमा सुनार(फेदो) ताराबहादुर सुनार(डिडब्लुओ), रुपमा बजगाई (राष्ट्रिय उपभोक्ता मञ्च) प्रेमकुमार अधिकारी(बर्दिया नेत्रहिन संघ) र लक्ष्मण घिमिरे(सिर्जनशिल समाज) रहनु भएको छ ।
गठित मञ्चले बर्दिया जिल्लाको मधुवन नगरपालिका र बढैयाताल गाँउपालिकामा सञ्चालित समुदायको नागरिक, निर्वाचन तथा राजनितिक सहभागिता अभिबृद्धि कार्यक्रमको अनुगमन तथा समन्वय र सहकार्य गरी मतदाता शिक्षा अभिबृद्धि गर्न सहयोग पुर्याउने छ ।

प्रतिक्रिया दिनुहोस्