शैक्षिक तथा तालिम सहयोगले बिपन्न तथा अपाङ्गताहरुको क्षमता अभिबृद्धि हुदै



बिष्णु तिमिल्सिना, बर्दिया ।
बिपन्न तथा जेहेन्दार बालबालिकाका लागि शैक्षिक सहयोग अन्तरगत छात्रबृद्धिले सामुदायिक बिद्यालयका कक्षामा ११ र १२ मा अध्ययनरत बिद्यार्थीहरुको शिक्षा अर्जनमा सहयोग पुगेको छ । साथै छात्रबृद्धि कार्यक्रमबाट ग्रामिन क्षेत्रमा रहेको सामुदायिक बिद्यालयहरुमा बिपन्न परिवारका तथा जेहेन्दार बिद्यार्थीहरुको पठनपाठन गर्नमा प्रोत्साहन मिलेको हो ।

मेरिक्नोल ईन्पावोरमेन्ट प्रोजेक्टको सहयोगमा दलित सेवा संघ बर्दियाद्धारा जिल्लाका बारबर्दिया, ठाकुरबाबा, मधुवन र राजापुर नगरपालिका तथा गेरुवा गाँउपालिकाका बिभिन्न ७ वटा बिद्यालयका कक्षा ११ मा पढ्ने ९० जना र १२ कक्षामा पढ्ने ७० जना गरी १६० जना प्रतिबिद्यार्थीलाई नगद १२ हजार रुपैयाँका दरले छात्रबृद्धि सहयोग गरेपछि बिद्यार्थीहरुको शिक्षा आर्जनमा टेवा पुगेको छ । छात्रबृद्धि प्राप्त गर्नको लागि बिद्यालयमा ७ सदस्सीय शिफारिस समिति गठन भई सो समितिले सिफारिस गरेपछि संस्थाले छात्रबृद्धि सयोग गर्छ, सहयोग गरेका बिद्यार्थी मध्य ११ कक्षामा अनुत्तिर्ण बिद्यार्थीलाई १२ कक्षामा निरन्तरता नदिईने र बिद्यार्थीको पठनपाठनको अनुगमन गरिने कुरा सिफारिस समितिबाट गरीने कुरा दलित सेवा संघका अध्यक्ष ताराबहादुर सुनारले जानकारी गराउनु भयो ।

यसैगरी सो कार्यक्रम अन्र्तरगत आर्थिक रुपमा बिपन्न तथा शारीरिक रुपमा अपाङ्गता भएको ब्यक्तिहरुको आर्थिक र सामाजिक अबस्थालाई सुधार गरी आत्मनिर्भर तर्फ उन्मुख गराउनको लागि १२ महिना सिलाई कटाई तालिम दुई स्थानमा सञ्चालन भईरहेको छ ।
गुलरियामा सञ्चालित तालिममा बर्दियालगाएत बाँके, सुर्खेत र जुम्ला गरी ४ जिल्लाका २० जना अपाङ्गता भएका प्रशिक्षार्थीहरुले बिगत ७ महिना देखि भाग लिरहेका छन् । त्यसैगरी राजापुर नगरपालिका वडा नम्बर १ टिहुनीमा सञ्चालन भएको तालिममा बिपन्न परिवारका १० जना महिलाहरु सहभागि रहेका छन् । उक्त सहभागिहरुले मासिक रुपमा ३ हजार रुपैयाँ सम्म आम्दानी गरीरहेको कुरा सो संस्थाका कार्यक्रम संयोजक सितल बिश्वकर्माले जानकारी गराउनु भयो ।

जिल्लामा सरकारी तथा गैरसरकारी संस्था, निजिक्षेत्र गरी हाल सम्म सैयौँको संख्यामा सिलाई कटाई तिन महिने देखि ६ महिने तालिमहरु सञ्चालन भई हजारौँ ब्यक्तिहरु सहभागि भएपनि अपेक्षित रुपले उपलब्धी र दिगोपन हुन सकिरहेको छैन । उपलब्धी हुन नसक्नुको कारण छोटो अबधिका तालिम भएको हुनाले बजारको माग संग प्रतिस्पर्धा गर्न सक्ने शिपको बिकास नहुनु हो । तर यो कार्यक्रम एक बर्षको लागि भएको हुनाले प्रशिक्षाथीहरु दक्ष भई बजार संग प्रतिस्पर्धा गर्न सक्ने शिपको बिकास हुने अपेक्षा गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्