‘तामाकोसी गाँउ हरियाली गाँउ’ अभियान



चिरञ्जीवी मास्के, दोलखा ।
दोलखाको तामाकोसी गाँउपालिकाले प्राकृतिक सन्तुलनलाई ध्यान दिदै ‘तामाकोसी गाँउ हरियाली गाँउ’ अभियान सुरु गरेको छ । यो अभियानले भु–क्षय नियन्त्रण, वातावरण सन्तुलन, प्राकृतिक सुन्दरता लगाएतलाई सहयोग पुग्ने अपेक्षा गरिएको गाँउपालिका प्रमुख इश्वरचन्द्र पोखरेलले बताए ।
‘तामाकोसी गाँउ हरियाली गाँउ’ अभियान अन्र्तगत गाँउपालिका भित्र रहेको पुष्पलाल राजमार्गको दाँया वाँया १३ सय वटा असोकाको विरुवा लगाईएको गाँउपालिका प्रमुख पोखरेल बताउछन् । अभियानको लागि अघिल्लो आर्थिक बर्ष ०७४÷०७५ मा २५ लाख रुपैया बजेट विनियोज गरिएको र उक्त बजेटले १३ सय विरुवा रोपेर त्यसको संरक्षणको लागि फलामको जाली समेत राखिएको गाँउपालिकाले जनाएको छ । त्यसरी रोपिएको विरुवाको हेरचाह र गोडमेलको लागि समेत हेरालु राखिने गाँउपालिका प्रमुख पोखरेल बताउछन् ।
अभियान अन्र्तगत नै गाँउपालिकामा रहेको सात वटा वडामा नर्सरी स्थापना गरिएको र ती नर्सरीहरुमा हावापानी मिल्ने विरुवा रोपिने गाँउपालिका प्रमुख पोखरेलको भनाई छ । त्यसैगरी गाँउपालिका भित्रका हरेक परिवारले आफ्नो स्वामित्वमा रहेको उपयुक्त ठाँउमा कम्तिमा पाँच वटा विरुवा रोप्नु पर्ने नियम गाँउपालिकाले बताएको छ । त्यसरी रोप्नको लागि गाँउपालिकाले विरुवा उपलब्ध गराउने जनाईएको छ । आफ्नो घर आसपास उपलब्ध ठाँउमा पाँच वटा विरुवा रोपेर हुर्काउने परिवारलाई पुरस्कृत समेत गरिने गाँउपालिका प्रमुख पोखरेल बताउछन् ।
तामाकोसी गाँउपालिकालाई हरियालीसंगै सफा र सुन्दर बनाउन ‘मेरो घर मेरो फुलवारी’ अभियान समेत संगसंगै अगाडि बढाईएको गाँउपालिका प्रमुख इश्वर पोखरेल बताउछन् । यो अभियान अन्र्तगत गाँउपालिका भित्र रहेका सबै परिवारले आफ्नो घरमा अनिर्वाय रुपमा फुलबारी बनाउनु पर्ने उर्दी गाँउपालिकाको रहेको छ । प्रत्यक घरमा फुलवारी बनाईयो भने त्यसले घर वरपर सफा हुने र विभिन्न संक्रणको जोखिम घट्ने तथा गाँउपालिका सफा र सुन्र समेत हुने गाँउपालिका प्रमुख पोखरेल बताउछन् ।

प्रतिक्रिया दिनुहोस्