नागदहलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्नेमा जोड



नेपाल समाचारपत्र, ललितपुर ।
नागदहको संरक्षण गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने खा“चो सम्बद्ध व्यक्तिहरुले औल्याएका छन् ।
हरेक वर्ष नागपञ्चमीका दिन दहमा लाग्ने मेलामा हजारौं भक्तजन आउने गर्दछ ।त्यस्तै भाद्र शुल्क पञ्चमीका दिन अर्थात् ऋषि पञ्चमीका दिन पनि ठूलो मेला लाग्ने गर्दछ ।‘यहा“को धार्मिक, सांस्कृतिक पक्षको प्रचारप्रसार

गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने खा“चो छ ।’ नागपञ्चमी मेला मूल आयोजक समितिका संयोजक दिनेश कार्कीले मंगलबार आयोजित पत्रकार भेटघाटमा भन्नुभयो ।
ललितपुरको लगनखेलबाट ५ किलोमिटर दक्षिणतर्फ धापाखेलमा सो दह रहेको छ ।नागदह ५२ रोपनी क्षेत्रफलमा फैलिएको छ ।परापूर्वकालमा ताल रहेको काठमाडौं उपत्यकाको पानी चोभारको गल्छीबाट पठाइएपछि स्वत दह बनेको स्थानीयको भनाई रहेको छ । पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सके बा¥है महिना पर्यटकहरु आउने सम्भावना रहेको ललितपुर महानगरपालिका वडा नं २४ का वडाध्यक्ष समेत रहनुभएका संयोजक कार्कीले बताउनुभयो ।
दह राष्ट्रिय सिमसार क्षेत्र रहेकाले विभिन्न स्थानबाट आउने आगन्तुक पन्छीको समेत बस्ने गरेको छ ।दहको दिगो विकास एवं पर्यावरण सन्तुलन कायम राख्न बृहत्तर गुरुयोजना सहित कार्य अघि बढाउने तयारी भइहरेको पनि संयोजक कार्कीले जानकारी दिनुभयो ।
वरपरको जग्गाको बढ्दो खण्डीकरणले दहको प्राकृतिक सौन्दर्य, चराचुरुङ्गीहरुलाई असर गर्न

सक्ने खतरा अहिले पनि रहेको छ । यसले गर्दा वरपरको ३०, ३५ रोपनी जग्गाा अधिग्रहण गर्ने प्रस्ताव पनि वडाले अघि सारेको जनाएको छ ।मन्त्रालयको सिफारिशमा सो प्रस्ताव शहरी विकास मन्त्रालयमा पठाइएको छ ।

सो अवसरमा ललितपुर क्षेत्र नं ३ का सांसद् पम्फा भुसालले संघ, प्रदेश र स्थानीय तह मिलेर अघि बढेको खण्डमा यसलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने बताउनुभयो । उहा“ले ललितपुरलाई धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताउ“दै अहिले मूर्त, अर्मूत सम्पदाको अभिलेख राख्ने त्यसबारे बुझ्ने काम भइरहेको जानकारी दिनुभयो ।
सांसद् भुसालले निर्वाचन क्षेत्र विकास पूर्वाधारको रकम पनि सांस्कृतिक र पर्यटकीय नगरीका रुपमा विकास गर्ने कार्यमा खर्च गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले गुरुयोजना अनुसार काम अघि बढाउन महानगरपालिकाले यथोचित सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्