अध्यात्मको विकास हुन जरुरी छः मुख्यमन्त्री गुरुङ



लमजुङ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अत्यात्मको विकास जरुरी रहेको बताउनु भएको छ । उहाँले लमजुङको करापुटार स्थित ईशानेश्वर महादेव मन्दिरमा दर्शन तथा पुनः निर्माणको स्थिति अवलोकनका अवसरमा आयोजित कार्यक्रममा त्यस्तो बताउनु भएको हो ।

‘आध्यात्मिक भावनाको विकास गर्न सके मात्र वास्तविक रूपमा समृद्धी हाासिल हुन्छ ।’ उहाँले भन्नुभयो मानवीय विकासका लागि आध्यात्मको जरुरी छ, भौतिक विकासले मात्र समाज समृद्ध हुँदैन’ । प्रदेशमा रहेका धार्मिक क्षेत्रको विकास गरी पर्यटन प्रवद्र्धन गर्ने प्रदेश सरकारको नीति रहेको जानकारी दिदै उहाँले अध्यात्मको विकासले सामाजिक सेवा र एकताको भावना जागृत हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले सरकारले सामाजिक विकासका योजना अघि सारेको बताउनु भयो ।

ईशानेश्वर महादेवको महिमाको प्रर्वद्धन हुन नसकेको भन्दै उहाँले ठोस योजना बनाएर अघि बढ्न प्रदेश सरकार तयार छ । त्यसका लागि ईशानेश्वर क्षेत्रको विकास र प्रवद्र्धनमाका लागि उचित योजना बनाएर आउन उहाँले ईशानेश्वर क्षेत्र विकास समितिलाई आग्रह गर्नु भयो । मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशमा अध्यात्म पर्यटनको विकास गर्ने योजना रहेको, धार्मिक पर्यटनको विकास मार्फत स्थानीयबासीको आयआर्जन हुनुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख सचिव नारायणप्रसाद विडारीले ईशानेश्वर महादेवको महिमा अन्यत्र नरहेको बताउँदै यसको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनु भयो ।

मध्यनेपाल नगरपालिकाका मेयर रमेश पाण्डेले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देखेको समृद्धीको सपना सबै प्रदेशबासीको सपना भएको बताउनु भयो । उहाँले प्रदेश सरकारसँग हातेमालो गर्दै अघि बढ्न नगरपालिका तयार रहेको बताउँदै अब समृद्ध नगरपालिका र प्रदेश बनाउने गरी अघि बढ्ने बताउन भयो ।

ईशानेश्वर क्षेत्र विकास समितिका अध्यक्ष रामचन्द्र घिमिरे शास्त्रीको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले ईशानेश्वर महादेव मन्दिरको महिमाका बारेमा प्रकाश पार्नु भएको थियो । सो अवसरमा मध्यनेपाल नगरपालिकाका उपमेयर राजकुमार श्रेष्ठ, क्होंलासोँथर गाउँपालिकाका उपप्रमुख कुमारीमुनी गुरुङ लगायत स्थानीय जनप्रतिनिधी र भक्तजनहरूको व्यापक उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्