उच्च अदालत विराटनगरमा बैंकिङ कसुर मुद्दाको ओइरो



सरोज यादव, विराटनगर ।
विराटनगर स्थित उच्च अदालतमा चालु आर्थिक बर्षको पहिलो महिनामै बैंकिङ कसुर मुद्दाको ओइरो लागेको छ । गत बर्षमा १८ वटा मात्र बंैकिङ कसुरका मुद्दा दर्ता भएको अदालतको बाणिज्य इजलासमा चालु बर्षको साउन महिनामै ४५ वटा बैकिङ कसुर मुद्दा दर्ता भएका छन । उच्च अदालत विराटनगरका प्रबक्ता राजकुमार दाहालका अनुसार गतबर्ष बाणिज्य अदालतमा १८ वटा मुद्दा दर्ता भएका थिए भने चालु बर्षको साउन महिनामा मात्र ४५ मुद्दा दर्ता भैसकेका छन् ।

अदालतमा दर्ता भएका बैंकिङ कसुर मुद्दाहरु ६७ पुगेपनि गत बर्ष एउटा पनि फछौट हुन सकेका थिएनन्। अबैध बित्तिय कारोवारमा प्रहरीले र बैक ठगि अपराधमा बैकहरुले कडाई गर्न थालेसँगै उच्च अदालत विराटनगरमा बैंकिङ कसुरको मुद्दाहरु पनि ओइरो लाग्न थालेको उच्च अदालत विराटनगरका प्रबक्त्ता दाहालले बताए । उनले भने बैंकिङ कसुरका मुद्दा जिल्ला अदालतलाई हेर्ने अधिकार छैन र यस्ता कसुरका मुद्दा उच्च अदालतको बाणिज्य इजलासले मात्र हेर्नुपर्दछ । एक नम्बर प्रदेश भरिका बैंकिङ कसुरका मुद्दाहरु उच्च अदालत बिराटनगरमा मात्र दर्ता हुन्छन ।
हाल उच्च अदालत विराटनगरमा कम्पनी दर्ता गराएर बित्तिय कारोवार गर्ने , दाखिला गर्नुपर्ने रकम हिनामिना गर्ने , किर्ते गरेर खराब कर्जा प्रबाह गर्ने र लिने लगायत बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन । हाल उच्च अदालत विराटनगरमा एपेक्स बैक , बाणिज्य बैक , सेन्चुरी बैकसँग सँग सबन्धित सहित अबैध बित्तिय कारोवार गर्नेहरुका बिरुद्ध बैंकिङ कसुरका मुद्दा बिचाराधिन छन ।

प्रतिक्रिया दिनुहोस्