विप्लब समूहका दुइ कार्यकर्ता झापामा पक्राउ



भद्रपुर । प्रहरीले नेत्र विक्रम चन्द (विप्लब) समूह, नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध दुई जना कार्यकतालाई झापाको दमकबाट सोमबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेपाल कम्युनिस्ट पार्टी (बिप्लव समूह) का मेची ब्यूरो सदस्य साथै विद्यार्थी संगठन अखिल ( क्रान्तिकारी ) का मेची ब्युरो संयोजक जिल्ला ताप्लेजुङ आठराई त्रिबेणी गा.पा. (३ हाङपाङ घर भएका २६ बर्षीय राजु दास र इलामको साधारण सदस्य जिल्ला ताप्लेजुङ सिदिङवा गा.पा. – ४ साब्लाखु घर भएका २५ बर्षीय सक्कल उपनामका असल पन्धाक लिम्बु रहेको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।

उनीहरुलाई दमक ५ स्थित बेलडाँगी रोडमा प्रहरीले नियमित चेकजाँच गर्ने क्रममा चन्दा रसिद र पर्चा, दस्तावेजसहित पक्राउ गरिएको उनले बताए । पक्राउ परेका कार्यकर्तालाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान भइरहेकोले प्रहरी कार्यालय झापाका एसपी भीमप्रसाद ढकालले जानकारी दिए ।

पार्टीका स्थायी समिति सदस्य तथा प्रवत्ता प्रकाण्डसहित तीन जना कार्यकर्तालाई पक्राउ गरेको विरोधमा विप्लब समूह नेकपाले मंगलबार नेपाल बन्दको आवहन गरेकाले जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गरी दुई जना कार्यकर्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्