पहिराको कारण महाकाली राजमार्ग अवरुद्ध



बैतडी । लगातारको वर्षापछि पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ ।

बाटो अवरुद्ध भएपछि गोकुलेश्वर–दार्चुला सडक खण्डमा दुई दिनदेखि आवागमन बन्द भएको छ । मालिकार्जुन गाउँपालिका–३ तेर्छेलेकमा सडक माथिबाट पहिरो खसेको छ । बैतडीको पाटनबाट डोजर लगेर अहिले पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक दीर्घ बोगटीले जानकारी दिए ।

‘पहिरो लगातार खसिरहेको छ,’ उनले भने, ‘पहिरो पन्छाउन दार्चुलाबाट अर्को डोजर मगाएका छौँ ।’ राजमार्ग अवरुद्ध भएपछि छोटो तथा लामो दूरीका सवारी साधन सञ्चालन हुन सकेका छैनन् । दार्चुलाबाट काठमाडाैं, महेन्द्रनगर, धनगढी, डडेल्धुरा, बैतडी तथा काठमाण्डु, महेन्द्रनगर, धनगढी, बैतडीबाट दार्चुलाका लागि छुटेका सवारी साधन दुई दिनदेखि बीच बाटोमै रोकिएका छन् । यात्रु अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस्