असई हत्या प्रकरणः मेयर मिश्र र राजपाका केन्द्रीय सदस्य पाण्डेसँग बयान लिनेक्रम जारी



महाेत्तरी । सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्यामा संलग्न आरोप लागेका उच्च ओहदामा रहेका विभिन्न व्यक्तिहरुसँग बयान लिनेक्रम जारी छ ।

असई विकको हत्या आरोपमा जिल्ला अदालतले मंगलबार जलेश्वर नगरपालिका मेयर रामशंकर मिश्र र राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य सुरेश पाण्डेसग बयान लिएको छ । मेयर मिश्र र राजपाका नेता पाण्डेलाई अदालतमै बोलाएर बयान लिएको हो ।

हत्या अरोपमा अदालतले सोमबार प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अविराम शर्मासँग पनि बयान लिएको थियो । अदालतले बयानपछि राज्यमन्त्री शर्मालाई साधारण तारिखमा छोड्ने आदेश दिएको छ । असई विकको २०७२ भदौ २५ हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्